मनोरञ्जन

पाँचौ खिचरा महोत्सवको तयारी अन्तिम चरणमा पाँचौ खिचरा महोत्सवको तयारी अन्तिम चरणमा
पुस २२– 
थारु समुदायहरुको महान् चाड माघी खिचराको अवसरमा चितवनमा आयोजना हुन लागेको ‘पाँचौं खिचरा महोत्सव २०७४’ को तयारी अन्तिम चरणमा पुगेको छ । “राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति, भाषा, सँस्कृति नेपालको पहिचान” भन्ने नारासहित खिचरा महोत्सव यही पुस २८ देखि माघ ८ गतेसम्म खैरहनी नगरपालिका–५ स्थित जनकौली गौचरनमा आयोजना हुन लागेको हो । आयोजक थारु कल्याणकारिणी सभा क्षेत्र नं।७ ले आज पत्रकार सम्मेलन गरि महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । महोत्सव मुल समारोह समितिका संयोजक नारायणप्रसाद महतोले विगतका महोत्सव भन्दा यसपटक महोत्सवको आकर्षण थपिएको जानकारी दिनुभयो । 
उहाँले थारु सँस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले प्रतियोगितात्मक थारु साँस्कृतिक घरेलु हस्तकला प्रदर्शनी राखिएको जानकारी दिनुभयो । यस्तै महोत्सवमा आउने दर्शकहरुको टिकटमा ३५ हजार रुपैयाँ बराबरको बम्पर उपहार स्वरुप पलङ राखिएको छ भने प्रत्येक ५० रुपैयाँको टिकटमा २५ रुपैयाँ बराबरको एक थान पल्पी जुस उपहारको व्यवस्था गरिएको छ । यस्तै यसवर्ष महोत्सवको अर्को आकर्षणको रुपमा थारु जतिको मूख्य खानाको परिकार मध्येको ‘घोङघी’ र ‘चिचर’को ५ फिटको विशाल मूर्ती प्रदर्शनमा राखिने छ । महोत्सवमा करिव २ सय वटा व्यवासीयक स्टलहरु राखिने छन् । 
अहिले स्टाल निर्माण र अन्य तयारी अन्तिम चरणमा पुगेको प्रचार–प्रसार समितिका संयोजक कारी महतोले जानकारी दिनुभयो । महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा लिएको छ । महोत्वसवमा करिव १० करोडको कारोबार हुने अपेक्षा गरिएको आर्थिक समितिका संयोजक संजय चौधरीले जानकारी दिनुभयो । ११ दिनसम्म चल्ने महोत्सवको भूमी सुधार मन्त्री गोपाल दहितले समुद्घाटन गर्ने कार्यक्रम रहेको अतिथि सत्कार समितिकी संयोजक चन्द्रकुमारी चौधरीले जानकारी दिनुभयो । महोत्सवमा ११ दिन नै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।
 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Kalika Sms Zone

Started at: 11:05 HRS

Up Next

Kalika Highlites

Starts at: 12:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award