- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
स्टुडियोमा माइक मिलाउने कमल खत्री कसरि बने सफल गाएक
केदार शर्मा, कालिका
‘आत्मामा‘म छु कि छैन तिम्रो आत्मामा‘’ बोलको गीत गाएका गाएक कमल खत्रीलाई सांगीतिक दुनियाँमा स्थापित गरायो । कमलको ‘नक्कली मैया, तिमीलाई घुमाउन छैन रुपैयाँ‘’ गीत पहिल्यै चर्चित बनिसकेको थियो । अहिले कमलका गीत सुन्दा श्रोताले जति आनन्द मान्छन, उनको विगत सुन्दा धेरैका आँखा रसाउन सक्छन् । सांगीतिक क्षेत्रमा स्थापित हुन गर्नुपरेका संघर्षबारे गायक कमल खत्री सँग हामीले छोटो कुराकानी गरेका छौ ।
पुख्र्यौली घर मकवानपुरको पालुङ भएका खत्री हेटौँडामा जन्मेका थिए । नेपाल बैंकमा जागिरे बुबाको सरुवा भएपछि हाम्रो परिवार सर्लाहीको लालबन्दीमा र्सयो । सर्लाहीमा रहँदा मेरो स्कुलेजीवन गीतमा होमिइसकेको थियो । स्कुलमा हुने कार्यक्रममा गीत गाउँथेँ । कल्पना कटुवाल म्याडमले निकै सहयोग र हौसला दिनुहुन्थ्यो । तिम्रो गीत गायन राम्रो छ, कार्यक्रममा गाउने गर भनेर भनिरहनुहुन्थ्यो । एसएलसी दिएपछि कल्पनाकै माध्यमबाट रेडियो नेपालका संगीतकार सुशील विश्वकर्मासँग भेट भयो । सर्लाहीमै एउटा कार्यक्रम हुँदा उहाँलाई बोलाइएको थियो त्यहि मौकामा खत्रीको बिश्वकर्मासँग भेट भएको थियो ।
एसएलसी परीक्षा दिएर रिजल्ट पर्खिरहेको खाली समयको बेला चर्चित गाएक बन्ने सपना बोकेर काठमाण्डौ छिरे । काठमाडौं गए पछि रेडियो नेपालमा कहिलेकाहीँ भ्वाइस टेस्ट गर्न जानेबाहेक गर्नका लागि केही काम थिएन । ‘त्यसै किन काठमाडौं आएर बसिरहेको छ’ भन्ठान्छन् होलाजस्तो मनमा लाग्ने गरेको अनुभब हामीलार्ई सुनाए । खत्रीलाई समय के गरेर खर्चिने भन्ने भई रहेको बेला बिश्वकर्माले रेकर्डिङ स्टुडियोमा काम लगाइदिए।
त्यतीबेला खत्री रेकर्डिङ स्टुडियोमा माइक मिलाउने काममा ब्यस्त हुने गर्दथे । अग्रज गायक–गायिका गीत रेकर्ड गर्न आँउदा उनि माइक मिलाइदिन्थेँ। माइक मिलाउने काम सुरु गरेको तीन वर्ष बित्न लागिसक्दा पनि गायक बन्ने सपना पूरा हुने संकेतसम्म देख्न सकेनन् खत्री । चौबिस घन्टा स्टुडियोभित्रै बस्नुपर्ने दैनिकीले उकुसमुकुस हुन थाले पछि बाहिरी संसार पनि बुझ्न चाहाना पलाएर आउथ्यो खत्रीलाई ।
०६२ सालमा रेडियो नेपालमा आधुनिक गीत गायन प्रतियोगिता भाग लिएका खत्री प्रतियोगितामा ‘टप टेन’भित्र परेँ । त्यतिखेर एकजना बुबाजस्तो व्यक्तिले ‘तिम्रो स्वर राम्रो छ, तिमीलाई मेरो स्टुडियोमा लगेर अवसर दिन्छु’ भन्ने पछि खत्री हौसिएको बताए । उहाँकै कारण खत्रीले पहिलाको स्टुडियोको काम गर्न छाडेर त्यही ब्यत्तिको स्टुडियोमा काम गर्न थालेका खत्री जब काम सुरु गरेँ, व्यवहार फरक देखाउँदै जानुभयो । पुरानो स्टुडियोमा जे गर्थेँ, त्योभन्दा फरक केही गर्ने अवसर दिनुभएन । होटलमा खाना खान्थेँ, स्टुडियोमा सुत्थेँ । कहिले त खाना खाएको पैसासमेत तिरिदिनुभएन । कैयौँ दिन भोकै सुतेँ । यसरी काम गर्न थालेको दुई वर्ष बित्न आँटिसकेको थियो । मलाई छटपटी भयो, ‘सोचेको के थिएँ, भइरहेछ यस्तो ।’ यस्तैमा इथोज ब्यान्डका साथीहरूसँगको सम्पर्कले यहीबीचमा ‘नक्कली मैया, तिमीलाई घुमाउन छैन रुपैयाँ‘’ बोलको गीत गाउने अवसर र्जुयो । स्टुडियोमा काम गर्दा जोगाएको थोरै पैसा लगानी गरेर यो गीत रेकर्ड गराए ।
इथोज ब्यान्डका साथीहरूसँगै मिलेर काम गर्न थालेका खत्री त्यसक्रममा एकजना ठूलै संगीतकारले आस देखाउनुभयो । तर, उहाँको स्टुडियोमा पनि पुरानै कथा दोहोरियो
गगन प्रधान दाइले खत्रीको भ्वाइस सुन्नुभएको र मन पराउनुभएको भन्ने कुरा ब्यान्डका साथीबाट खत्रीले सुने प्रधानले खत्रीलाई मासिक तलब नै दिएर आफैँसँग राख्ने वाचा गरे । प्रधानकै लगानी र सहयोगमा खत्रीले पहिलो एल्बम ‘पीडा’ रेकर्ड गरेका थिए । गगनले दिएको अवसरकै कारण आत्मामा, कोरेर प्रेमपत्र, झ्यालैमालगायत गीत गाएर खत्री दर्शक, श्रोताले प्यारो भएका छन।
हाल खत्री कन्सर्ट प्रोग्राममा व्यस्त हुने गरेका छन भने पछिल्लो समय उनले गाएको जाँउला रेलैमा गीत पनि श्रोताको मन मुटुमा बस्न सफल भैसकेको छ । त्यसतै कमल खत्री कालिका एफको यस बर्षको अबार्डमा पप गीत तर्फको सबोत्कृष्ट पुरुष गाएको रुपमा मनोनयनमा परेका छन ।
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





