मनोरञ्जन

२ हजार भन्दा बढी गितमा स्वर दिएकी रजिना २ हजार भन्दा बढी गितमा स्वर दिएकी रजिना
राजु थापा, असोज १९, कालिका
 
८ वर्षको उमेर देखि नै क्लासिक संगीतको शिक्षा लिएर ११ वर्षको उमेरमा नै पहिले गित रेकड गराउन सफल गायिका हुन् रजिना रिमाल , पारिवारिक माहोल समेत संगीत क्षेत्रमा नै रहेको गायिका रिमालको दुख र चिन्ताले नामक पहिलो गित आफनै ठुलो बुबा राजन रिमालको शब्द संगितमा गाईएको गित हो । 
 
विक्रम संम्वत २०४९ सालमा बुबा रविन रिमाल र आमा पद्मिनि रिमालको माईली छोरीको रुपमा जन्मनु भएकी रजिनाले १३ वर्षको  वाल्यकालमा नै  चलचित्र सपुतमा स्वर दिई सक्नु भएको थियो । झण्डै २ हजार गितमा स्वर दिई सक्नु भएकी रिमालले ११ वर्षकै उमेरमा परि नाम एल्वम र पछि रजिना नामक गिती एल्वम निकाल्नु भएको छ । हाल अर्काे एल्वम समेत निकाल्न तयारीमा रहनु भएकी रिमालले फिल्मी गित मात्र १ हजारको हाराहारीमा स्वर दिनु भएको छ । 
२०७३ मा विवाह बन्धनमा बाधिनु भएकी रिमाल पछिल्लो समय चर्चा पाउन सफल गितहरु , नाई नभन्नु ल , पानीको फोका जस्तै , म मर्ने बेला, पागल म बन्न सक्छु लगायत रहेको छ  ।
 
यस अधिका कालिका एफ एम म्युजिक अवार्डमा ८ पटक विजेता बनिसक्नु भएकी रिमाल यस पटक समेत १३ औ कालिका म्युजिक अवार्डको लागि २ विधामा छनोट हुनु भएको छ । उत्कृष्ट आधुनिक गित तर्फ महिला गायिकामा गयौ तिमि गित छनोट भएको छ भने उत्कृष्ट फिल्मी गित महिला गायिका तर्फ दारी फिल्मको कस्तो हो यो गित छनोटमा परेको हो । कालिका म्युजिक अवार्डसंगै रिजालले २०७० सालमा छिन्नलता पुरस्कार, ईमेज अवार्ड लगायतका थुपै अवार्डहरु हात पार्न सफल हुनु भएको छ । 

Post Comment

More मनोरञ्जन

Special Programs

Kalika Events

  • 12th Music Award