मनोरञ्जन

‘दशैँ राम्रो लाहुरे घर आउनाले’ गीत सार्वजनिक ‘दशैँ राम्रो लाहुरे घर आउनाले’ गीत सार्वजनिक
काठमाडौँ, ३० भदौ ।
नेपालीको महान् पर्व दशैैँसम्बन्धी ‘दशैँ राम्रो लाहुरे घर आउनाले’ लोकदोहोरी गीत सार्वजनिक भएको छ । 
 
गीतमा गायक माधव थापा, गायिकाहरु चिनु घर्ती र तारा थापाले स्वर दिनुभएको छ । गीतलाई सुनाखरी मल्टि मिडिया प्रालिले बजारमा ल्याएको हो । गीतमा लय र शब्द थापाकै रहेको छ । 
 
गीतको भिडियोमा रीना थापा, दीपक बस्नेत, विदुर चापागाईं र नमराज ढुंगानाको अभिनय रहेको छ । 
 
त्यसैगरी, दशैँसम्बन्धी ‘छोरा’ नामक अर्को लोक तथा दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कर्ण रसाइलीको स्वरमा रहेको उक्त गीतमा गायक विरही कार्कीको शब्द र लय रहेको छ । 
 
गीतको म्युजिक भिडियोमा मोहन निरौला, विद्या कार्की, लिला गिरी, मोहनसिंह जिपी, विशाल कार्कीलगायतको अभिनय रहेको छ । रासस 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

OFFLINE

 

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award