मनोरञ्जन

बालगायकको ‘अंकित’ आयो बालगायकको ‘अंकित’ आयो
काठमाडौँ, १७ भदौ ।
बालगायक अंकित लुइँटेलको सांगीतिक एल्बम ‘अंकित’ शुक्रबार यहाँ लोकार्पण गरिएको छ । 
 
रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले सो एल्बमको लोकार्पण गर्दै लुइँटेलजस्ता प्रतिभाशाली बाल कलाकारको प्रतिभालाई रेडियो नेपालले जहिले पनि प्रोत्साहन गर्ने बताउनुभयो । 
 
पाँच गीत रहेको सो एल्बममा गीतकार डा नवराज लम्साल र एल्बमका मूल सर्जक टीका भण्डारीले अंकितभित्रको सांगीतिक पक्षबारे प्रकाश पार्नुभएको थियो । एल्बममा गीतकार डा कृष्णहरि बराल, डा लम्साल, रमेश क्षितिज र टीका भण्डारीका रचना छन् । कार्यक्रममा संगीतकार भूपेन्द्र रायमाझी र गायक मदनसिंह नेपालीलाई सम्मान गरिएको थियो । रासस 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Kaya Kairan

Started at: 06:00 HRS

Up Next

Samaya Sandarva

Starts at: 06:35 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award