मनोरञ्जन

मिष्टर एण्ड मिस प्लानेट सौन्दर्य प्रतियोगिता मिष्टर एण्ड मिस प्लानेट सौन्दर्य प्रतियोगिता
काठमाडौँ, ३१ साउन ।
एसएन इनटरटेन्मेण्ट प्रालिले मिष्टर एण्ड मिस प्लानेट नेपाली सिजन–१ (सौन्दर्य प्रतियोगिता) गर्न लागेको छ । 
 
प्रतियोगितामा १६ देखि २६ वर्षसम्मका युवाले सहभागिता जनाउन सक्ने छन् । अडिसनमा हरेक भेग र हरेक ठाउँका नेपाली सहभागी हुनसक्ने छन् । अडिसनको फर्म एसएन इनटरटेन्मेण्ट प्रालिको कार्यालय अनामनगरमा राखिएको छ । 
 
अडिसनपछि उत्कृष्ट १५ युवक र १५ युवती छनोट गरी एक महिनासम्म व्यक्तित्व विकास, सौन्दर्यलगायत तालिम दिइने इभेन्ट म्यानेजर सुमी बानियाँले बताउनुभयो । विजयी एक एक युवक र युवतीलाई नगद पुरस्कार, राष्ट्रियस्तरका कलाकार र व्यक्तिबीच सम्मानलगायत उपहार प्रदान गरिने प्रतियोगिता संयोजक राज न्यौपानेले बताउनुभयो । रासस 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Kaya Kairan

Started at: 06:00 HRS

Up Next

Samaya Sandarva

Starts at: 06:35 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award