- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
लोपोन्मुख अवस्थामा पुगेको महाकाली र भैरव नाच शुरु
भक्तपुर, २६ साउन । इशापूर्व ३०० वर्ष पहिलादेखि मध्यपुर थिमिको नगदेश सञ्चालन भएर सात वर्षअघि बन्द भई गतवर्षबाट शुरु भएको महाकाली नाच नगदेशमा गएरातिदेखि शुरु भएको छ ।
आर्थिक अभावका कारण प्रदर्शनमा ल्याउन नसकेर २०६६ सालदेखि बन्द भई गतवर्षदेखि यो नाच स्थानीय युवाको सक्रियतामा गएरातिबाट शुरु भएको नगदेश सांस्कृतिक पुचःका सचिव विनोद कोजुले बताउनुभयो ।
लोपोन्मुख अवस्थामा पुगेको नाच जोगाउन स्थानीयवासीले शुरु गरेको यो नाच गाईजात्राको भोलिपल्ट साँझबाट सञ्चालन हुने महाकाली नाच चारदिनसम्म साँझ करिब ७ बजेबाट शुरु भएर चारघण्टासम्म चल्ने गर्छ । युवापुस्ता रहेको नाचमा आठ वर्षको बालकदेखि ३५ वर्षका युवासमेतको सहभागिता रहेको कोजूको भनाइ थियो ।
मल्लकालीन नाचका रुपमा रहेको महाकाली नाचमा प्रदर्शनीका लागि करिब रु आठदेखि १० लाख खर्च हुने र उक्त रकम स्थानीय बासिन्दाबाट संकलन गरिएको छ । आगामी वर्षमा पनि नाचलाई निरन्तरता दिन अक्षय कोषको स्थापना गर्ने तयारी भएको महाकाली गण नाच व्यवस्थापन समितिका कृष्णलाल घजुले जानकारी दिनुभयो । नाच सञ्चालनका लागि स्थानीय बासिन्दा, चन्दा दाता र मध्यपुरथिमि नगरपालिकाले सहयोग गरेको छ ।
महाकाली नाचमा महाकाली एक, महालक्ष्मी एक, कौमारी एक, सिंह एक, बेता चार, भूत भैरव दुई, कवं दुई, ख्याक दुई, माकः ९बाँदर० दुई, म्ह्यखा एक र मैसासुर दैत्य एक गरी १८ वटा देवगणको नाचमा सहभागिता रहेको हुन्छ ।
महाकाली नाच प्रदर्शनका कारण यस क्षेत्रमा भूत, प्रेत, पिशाच, जल्, अग्नि वायु, भूकम्प, चट्याङभय, चोरको भय नहुने जनविश्वास रहेको छ । यो नाचको सुरुवात र समापनमा विशेष पूजाआजा गरिन्छ । नाचका क्रममा आठ कुखुरा, दुई बोकाको बलि चढाउनुपर्ने परम्परा रहेको महाकाली नाचका गुरु घजुले जानकारी दिनुभयो ।
तन्त्रमा आधारित या नाचका नर्तक ९कलाकार०हरुले लगाउने पोशाक, मुकुण्डो र नृत्य गर्ने गरिन्छ । महाकाली नाचमा विभिन्न २१ वटा ताल रहेको र विभिन्न फरक फरक समूह तालमा नचाइने परम्परा रहेको छ । मुख्य भूमिकामा रहेका देवीहरुको एकल नाच पनि प्रदर्शनी हुनेछ ।
त्यसैगरी मध्यपुरथिमिमा आठ वर्षअघि नै लोप भई विगत दुईवर्षदेखि स्थानीय युवाको पहलमा सञ्चालन भएको प्रसिद्ध एवं ऐतिहासिक भैरव नाच गएरातिबाट शुरु भएको छ ।
मध्यपुरथिमी नगरपालिका तुलननी र कुमाननीका स्थानीय बासिन्दाको पहलमा लायकु दरबारबाट भैरव नाच शुरु भएको नाच सञ्चालन एवं व्यवस्थापन समितिका संयोजक अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।
प्राचीनकालमा मध्यपुर थिमिमा भूत, प्रेत, पिसाचले दुःख दिन थालेको त्यसको निराकरण गर्न प्राचीनकालमा लाय्कु भैलःको रुपमा भैरव नाचको चलन चलेको तथा पछि जनस्तरबाट पनि भैरव नाच निकाली भूत, प्रेत, पिसाच भगाउने गरेको जनविश्वास रहेको छ । रासस
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





