- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
गुरूङ भाषाको चलचित्र ‘मैरिमो’ दुईदिन प्रदर्शन हुने
कालिका, २५ साउन
चितवनमा गुरूङ भाषाको चलचित्र मैंरिमो (मिस यु)को प्रिमियर शो हुने भएको छ । गुरूङ भाषामै निर्माण भएको चलचित्र ‘मैरिमो’ अमेरिकाका विभिन्न शहरहरूमा प्रदर्शन भएपछि नेपालमै पहिलो पटक चितवनमा प्रिमियर शो हुन लागेको हो । तमू प्ये ल्हू संघ जिल्ला कार्य समिति चितवनले गणेश चलचित्र मन्दिर नारायणगढमा चलचित्रको प्रिमियर शो गर्न लागेको हो । प्रिमियर शोका लागि सम्पूर्ण तयारी सकिएको आयोजकले जनाएको छ ।
यही साउन ३० गते नारायणगढको गणेश चलचित्र मन्दिरमा चलचित्रको प्रिमियर शो गर्न लागेको हो । टिकट बिक्री गरेर प्रिमियर शोको खर्च कटाएर बाँकी रहेको रकम प्ये ल्हू संघको विकासमा खर्च गरिने प्ये ल्हू संघले जनाएको छ । चलचित्र प्रिमियर शोको लागि तमू प्ये ल्हू संघ जिल्ला समिति चितवनले करिब दुईहजारभन्दा बढी टिकट बिक्री गरिसकेको तमू प्ये ल्हू संघ चितवनका अध्यक्ष जगतबहादुर टु क्ल्हेप्री तमूले जानकारी दिए । आफ्नै भाषा सँस्कृतिको संरक्षण गर्ने गरि चलचित्र निर्माण गरिएकोले चलचित्र प्रिमियर शोको जिम्मा लिएको उनले बताए ।
चलचित्र विशुद्ध सामाजिक कथामा बनेको निर्देशक भोजबहादुर गुरूङले बताए । ‘चलचित्र विशुद्ध रूपमा सामाजिक कथावस्तुमा निर्माण भएको छ,’ निर्देशक गुरूङले भने, ‘जुन धेरै समयपछि गुरूङ भाषामा निर्माण भएको चलचित्र हो । त्यसैले पनि यो चलचित्र आग्र्यानिक चलचित्र हो ।’ मुनाल फिल्मको ब्यानरमा निर्माण भएको गुरूङ भाषाको चलचित्र ‘मैरिमो’ चौथो हो । यसअघि संै ‘न्होर्बे म्रुस्योँ’, (मनकी रानी), ङै ङ्हो (मेरो भाग्य) र आक्रोदो (नरूनु)लगायतका सफल चलचित्रहरू निर्माण भइसकेका छन् । गुरूङ समुदायको यो चलचित्र बहुप्रतिक्षित चलचित्र हो । चलचित्रको शीर्षगीत ‘ए ङोल्स्यो ए ङल्स्यो’ धेरैले रूचाइएको गीत हो ।
आयोजक समितिकाअनुसार ३० गते बिहान ८ः३० बजे र १२ बजे गरी दुई शो चल्ने छ । यसअघि पनि दर्शकहरूको अत्यधिक माग भएकोले २९ गते बिहान ८ः३० बजे क्युएफएक्स जलमा हलमा भिआइपी शो हुने पनि आयोजकले जनाएको छ ।
अधिकांश दृश्य लम्जुङ र केही दृश्यहरू कास्कीमा छायांकन गरिएको चलचित्रको प्रिमियर शोबाट खर्च कटाएर बचेको रकम तमू प्ये ल्हू संघको व्यवस्थापनमा खर्च गरिने कार्यक्रम संयोजक तथा चलचित्रका गायक तथा कलाकार अमिर गुरूङले जानकारी दिए ।
चलचित्रका मुख्य नायक÷नायिका प्रेम गुरूङ र सपना गुरूङले लगानी गरेको चलचित्र ‘मैंरिमो’मा प्रेम र सपनासँगै गुरूङ चलचित्रका सदावहार नायक गमन घले, अमिर गुरूङ, सेसुबा गुरूङलगायतको मुख्य भूमिका रहेको छ । रोशन गुरूङको पटकथा र संवाद रहेको चलचित्रको कथा भने केयरसिंह गुरूङले लेखेका हुन् । बालकाशी गुरूङ कार्यकारी निर्माता रहेको चलचित्रमा पत्रकार आश गुरूङ, अमिर गुरूङ र प्रेम गुरूङको शब्दमा तेजेन्द्र गुरूङले संगीत भरेका छन् । नेत्र गुरूङको नृत्य निर्देशन रहेको चलचित्रमा खिमबहादुर गुरूङको छायांकन र सम्पादन रहेको छ ।
करिब २० लाख रूपैयाँको लगानीमा निर्माण भएको चलचित्र ‘मैंरिमो’ चितवनपछि भदौमा गुरूङ चलचित्रको राजधानी पोखरामा प्रदर्शन गर्ने तयारी भइरहेको चलचित्र युनिटले जनाएको छ । पोखरामा गुरूङहरूको बाहुल्यता रहेकोले हलमै प्रदर्शनबाटै ल्याउने तयारी भइरहेको चलचित्रका निर्देशक भोजबहादुर गुरूङले जानकारी दिए । मुलुकबाहिरको प्रदर्शनबाट दर्शकहरूको राम्रो साथ पाएकोले स्वदेशमा पनि त्योभन्दा बढी साथ पाउनेमा आफूहरू ढुक्क रहेको उनको दावी छ ।
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





