मनोरञ्जन

क्यु एफ एक्स चलचित्र हल बाहेक अन्य मध्यम
कालिका, श्रावण, १२ ।
चितवनको नारायणगढमा रहेको क्यु एफ एक्स जल्माहल बाहेक अन्य बिभिन्न चलचित्रहलहरु मध्यम रहेको पाईएको छ । क्यु एफ एक्स जल्माहलमा पछिल्लो समय दर्शकहरुको भिडभाढ बढ्ने गरेको क्यु एफ एक्सका म्यानेजर बिकास पोखरेलले बताउनु भयो । उहाँले आफुहरुको हलमा धेरै सेवा सुवीधा भएकाले पनि दर्शकहरु आउने गरेका बताउनु भयो । म्यानेजर पोखरेलले चलचित्रको आधारमा दर्शकहरुको घुईचो लाग्ने गरेका भए पनि समग्रमा आम्दानी आम्रै भएको बताउनु भयो । उहाले पहिलेको तुलनामा गत वर्ष करीव ५० प्रतिशतले राम्रो गरेका जनाउनु भयो । यस्तै नारायणगढमा नै सञ्चालनमा रहेको ईन्द्र देव चलचित्रहलले पनि मध्यम रुपमा सञ्चालन भईरहेको जनाएको छ । हलको स्तारोननती गरे पश्चात राम्रो हुदै गएको हलका म्यानेजर हरिभक्त रेग्मीले जानकारी दिनु। उहाले सो हललाई अझै सुधार गरेर लैजाने जानकारी दिनु त्यसले दर्शकहरुको मन जित्न सफल हुने बताउन्ु भयो । यस्तै नारायणगढमा नै  रहेको गणेश चलचीत्र हलले पनि सामान्य रुपमा हल सञ्चालन भईरहेको जनाएको छ । गत वर्षको तुलनामा पछिल्लो समय ५० प्रतिशत भन्दा पनि कम भएको म्यानेजर बिष्णु सापकोटा बताउनु हुन्छ । उहाँका अनुसार अन्य हलको तुलनामा टिकटदर कम भएकाले पनि राम्रो हुन नसकेको बताउनु हुन्छ । नारायणगढमा पछिल्लो समय १ सय ५० देखी २ सय ६० सम्म टिकट दर रहेको छ ।
 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award