मनोरञ्जन

च्याम चितवनको ग्राण्ड फिनाली श्रावण १६ गते च्याम चितवनको ग्राण्ड फिनाली श्रावण १६ गते
कालिका ,असार २४ ।
प्रिन्स एण्ड प्रिन्सेस च्याम्प २०७४ चितवनको अन्तिम छनोट श्रावण १६ गते हुने भएको छ ।
 
सेभ द नेचर लभ द एनिमल्स भन्ने नाराका साथ आयोजना गरिने प्रिन्स एण्ड प्रिन्सेस च्याम्पको अन्तिम छनोटमा २० जना छात्र र ३१ जना छात्रा गरि कुल ५१ जना सहभागी हुने आयोजक होलिडे क्रियसन होमकी सञ्चालिका लक्ष्मी पन्त ढकालले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो । अन्तिम छनोटमा काठमाडौं, नवलपरासी र चितवनका विभिन्न १५ विधालयका छात्र छात्राको सहभागीता रहेको हो ।  
 
प्रतियोगीतामा छात्र र छात्रा गरि दुवै विधामा प्रथम हुनेले रु तिस हजार द्धितियले २० हजार र तृतिय हुनेले १५ हजारको पुरस्कार पाउने सञ्चालिका ढकालले जानकारी दिनुभएको हो । च्याम चितवनको असार ७ गते पहिलो छनोटमा ७ देखि १३ बर्ष सम्मका ८६ जनाले जनाएका थिए ।

Post Comment

More मनोरञ्जन

Special Programs

Kalika Events

  • 12th Music Award