मनोरञ्जन

कलामन्दिरमा नाटकको १५ दिने कार्यशाला शुरु कलामन्दिरमा नाटकको १५ दिने कार्यशाला शुरु
राजु थापा, असार ११, कालिका
 
सास्कृतिक संस्थान (राष्ट्रिष्य नाचँधर ) र नारायणी कला मन्दिरको आयोजनामा आईतवार देखि चितवनको नारायणी कला मन्दिरमा १५ दिने नाटक सम्वन्धी कार्यशाला शुरु भएको छ । 
चितवन र नवलपरासीको ३० जना युवा युवतीहरुको सहभागिता रहेको कार्यशालामा रंगकर्मी नरेन्द्र बराल र पुष्प आचार्यले प्रशिक्षण दिनु हुनेछ । प्रत्येक दिन विान ११ देखि ४ वजेसम्म संचालन हुने कार्यशाला असार २६ गते समापन हुनेछ । 
 
आईतबारबाट शुरुभएको कार्यशालालाई राष्ट्रिष्य नाचँघरका महाप्रवन्धक राजेश थापाले उद्धधाटन गर्नु भएको थियो । संयोजक पुष्प आचार्यले स्वागत मन्तब्य सहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको औपचारिक खण्डमा  कलाकार ऋद्धिचरण श्रेष्ठले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । 
 
कार्यक्रमलाई नारायणी कला मन्दिरका कार्यबहाक अध्यक्ष अमर प्रधानले सभापतित्व  गर्नु भएको थियो भने कार्यक्रमलाई सचिव उद्धव जोशीले संचालन गर्नु भएको थियो । 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Namaste Kalika

Started at: 07:30 HRS

Up Next

Kalika News Up-Date

Starts at: 08:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award