मनोरञ्जन

मिसेस चितवन २०७३ को उपाधि सुस्मालाई
कालिका, चैत्र १४ - 
 
मिसेस चितवन २०१७ को उपाधि सुस्मा थापाले उचालेकि छिन । थापाले नगद ५० हजार पुरस्कार प्राप्त गरकी छिन । कुसल र सटिक उत्तर दिन सफल विजेता सुस्माले भिउर्स च्वईस र मिसेस पर्सनालिटि समेत जित्न सफल भएका थिए । चितवनमा पहिलो पटक विवाहित महिलालाई लक्षीत गरी प्रतियोगिताको आयोजना गरीएको हो । 
 
क्यान्सर अस्पतालको अडेटेरियम हलमा सोमवार सम्पन्न भएको फाईनलमा फस्ट रनरअप रेनु तामाङ भईन । उनले नगद ३० हजार प्राप्त गरेकी छिन । तामाङले मिसेस ट्यालेन्टको टाईटल जितिन । यस्तै सेकेण्ड रनरअप आना ढकालले २० हजार रुपैया प्राप्त गरेकी छिन । 
 
दाताज ईभेन्ट्सले आयोजना गरेको मिसेस चितवनको प्रमुख जर्जमा पहिलो मिस नेपाल रुवि राणा रहनुभएको थियो भने अन्य जर्जहरुमा बरिष्ट फोटोग्राफर राज भईसुवाल, जय सन्तोसी मा सुनचाँदी पसलका प्रमुख रुविन रामुदामु, ईभेन्ट मेनेज्मेन्टका विशाल गुरुङ र अन्तराष्ट्रिय मोडल पियुस कर्ण रहनुभएको थियो । 
 
दुर्गा घिमिरे र मिना झा कार्यक्रम संयोजक रहनुभएको कार्यक्रममा बरिष्ट कुखुरा व्यवसायी गुणचन्द्र विष्ट प्रमुख अतिथि रहनुभएको थियो । व्यक्तित्व विकास र आत्मविश्वास बढाउने उदेश्यका साथ आयोजना गरीएको प्रतियोगितामा १९ विवाहित प्रतियोगिको सहभागिता रहेको थियो । 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award