मनोरञ्जन

मिसेस चितवन २०१७ का प्रतियोगीहरुद्धारा प्रतिभा पस्फुटन मिसेस चितवन २०१७ का प्रतियोगीहरुद्धारा प्रतिभा पस्फुटन
कालिका चैत्र ११ ।
दाताज ईभेन्टसले आयोजना गरेको मिसेस चितवन २०१७ का प्रतियोगीहरुले बुधवार आफुमा भएको प्रतिभालाई प्रस्फुटन गरेका छन् । 
 
जेसीस भवन नारायणगढमा भएकोे ट्यालेण्ट सोमा नृत्य, गायन ,अभिनय , वक्तृत्वकला ,खानाका परिकार, नाटक , पोशाक प्रस्तुति , स्केच, लगाएतका ट्यालेण्ट प्रस्तुत गरेका थिए।
 
१९ जना प्रतियोगीहरुको प्रतिभालाई मुल्याङकन गर्न कालिका मिडीयाकी निर्देशक रिना गुरुङ् , संगीतकार बिशाल ढकाल , अफिसीयल कोरीयोग्राफर जयन शुब्बा मानन्धर र आयोजक दुर्गा घिमीरे निर्णायकको भुमीकामा रहनुभएको थियो ।
 
बुधबार भएको ट्यालेण्ट सोको निर्णय फाईनल प्रतिस्पर्धाको दिन हुनेछ । यहि चैत्र १४ गते हुने फाईनल प्रतिस्पर्धाको दिन १९ जना मध्ये एक प्रतियोगीलाई मिसेस ट्यालेण्टको अर्वाड दिईनेछ । फाईनल प्रतिस्पर्धा भरतपुर क्यान्सर अस्पतालको सभाहलमा दिउँसो २ बजे हुनेछ । प्रतिस्पर्धामा प्रथम हुनेले नगद रु ५०,००० ,द्धितिय हुनेलाई नगद रु ३०,००० र तृतीय हुनेलाई नगद रु २०,००० सहित आकर्षक पुरस्कार प्रदान गरिनेछ ।
 
चितवनमै पहिलोपटक वैवाहिक महिलाहरुको क्षमता अभिवृद्धि गर्नको लागि सो प्रतियोगीताको आयोजना गरेको आयोजकले जनाएको छ । आयोजकद्धय दुर्गा घिमिरे र मिना झाको मुख्य संयोजनमा प्रतियोगीता सञ्चालन भएको हो ।
 
प्रतियोगिताले महिलाहरुको चौतर्फी व्यक्तित्व विकासमा टेवा पुग्ने आयोजकले विश्वास लिएको छ। प्रतियोगितामा विभिन्न पेसा , व्यवसायी, सेवामा आवद्ध रहेका विवाहित महिलाहरुको सहभागिता रहेका छन् ।

मिसेस चितवन २०१७ का प्रतियोगीहरुद्धारा प्रतिभा पस्फुटन

मिसेस चितवन २०१७ का प्रतियोगीहरुद्धारा प्रतिभा पस्फुटन

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award