मनोरञ्जन

मिसेस चितवन २०१७ को तालिम जारी । मिसेस चितवन २०१७ को तालिम जारी ।
समिक्षा पूरी , कालिका फागुन २१ ।
मिसेस चितवन २०१७ को तालिम आज तेस्रो दिन पनि जारी रहेको थियो । फाईनल प्रतिस्पर्धाका लागि छनौट भएका ३० जना प्रतियोगिहरुको १५ दिने तालिम बिहिबार बाट सुरु भएको थियो । 
 
प्रतियोगिहरुलाई कोरियोग्राफर जयन सुब्बा मानन्धरले प्रशिक्षण दिनुभएको छ । तालिममा कोरियोग्राफर मानन्धरले आज प्रतियोगीहरुलाई “क्याटवाल्क” को प्रशिक्षण दिनुभएको थियो । 
भरतपुरको चौबीसकोटीमा रहेको होटल ग्लोबलमा चलीरहेको तालिममा प्रतियोगिहरुलाई ग्रुमिङ् , व्यक्तित्व विकास, नेतृत्व विकास, फिटनेस, सोन्र्दय , आध्यात्मिक सम्बन्धि तालिम, जनचेतनामुलक कार्य, सामाजिक कार्यमा लगाईने छ । यसैवीच ग्रुमिङ्को लागि  पहिलो मिस नेपाल रूबी राणा आउनुहुनेछ ।
 
चितवनमै पहिलोपटक वैवाहिक महिलाहरुको क्षमता अभिवृद्धि गर्नको लागि दाताज ईभेन्टसले सो प्रतियोगीताको आयोजना गरेको हो । आयोजकद्धय दुर्गा घिमिरे र मिना झाको मुख्य संयोजनमा प्रतियोगीतामा सञ्चालन भएको हो । प्रतियोगिताले महिलाहरुको चौतर्फी व्यक्तित्व विकासमा टेवा पुग्ने आयोजकले विश्वास लिएको छ। 
 
यस किसिमको प्रतियोगिताले महिलाहरुमा रहेका विभिन्न किसिमको क्षमताहरुको पहिचान गरि सामाजिक क्रियाकलापमा अघि बढ्न सहयोग पुग्ने देखिएको छ । प्रतियोगितामा विभिन्न पेसा , व्यवसायी, सेवामा आवद्ध विवाहित महिलाहरुको सहभागिता रहेको छ ।

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award