मनोरञ्जन

टुँडिखेलमा ब्यान्ड कन्सर्ट तथा आतिशबाजी हुने टुँडिखेलमा ब्यान्ड कन्सर्ट तथा आतिशबाजी हुने
काठमाडौँ, १० फागुन ।
महाशिवरात्रि तथा सेना दिवसको उपलक्ष्यमा सैनिक मञ्च, टुँडिखेलमा ब्यान्ड कन्सर्ट तथा आतिशबाजी कार्यक्रम हुने भएको छ । 
 
गौरवमय इतिहास र परम्परा बोकेको सङ्घीय गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले यही फागुन १३ गते शिवरात्रिको दिन मुलुकभर ‘सेना दिवस’ मनाउँदैछ । 
 
सोही दिन टँुडिखेलमा आयोजना हुने परेड कवाज तथा विविध कला प्रदर्शनी समारोहपश्चात् साँझ ५ बजेदेखि ब्यान्ड कन्सर्ट तथा आतिशबाजी कार्यक्रम सञ्चालन हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 
 
नेपाली सेनाले स्थापना दिवस पारेर पहिलो पटक आयोजना गर्न लागेको उक्त ब्यान्ड कन्सर्ट तथा आतिशबाजी कार्यक्रम धेरैभन्दा धेरै जनसहभागिता होस् भन्ने हेतुले नेपाली सेनाले प्रवेशलाई निःशुल्क गरेको छ । 
 
कार्यक्रममा सहभागी हुन इच्छुक सर्वसाधारणलाई प्रवेशको लागि सैनिक मञ्चको पूर्वी र पश्चिमीद्वार तथा नेपाल वायुसेवा निगम अगाडि र सहिद गेटबाट व्यवस्था मिलाएको जनाइएको छ । रासस 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award