मनोरञ्जन

त्रिवेणी धाममा कोटीहोम र महामहोत्सव हुने त्रिवेणी धाममा कोटीहोम र महामहोत्सव हुने
जुम्ला, १७ माघ ।
कर्णाली अञ्चलको प्रसिद्ध धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको कुडारी जुम्लास्थित ब्रह्माकपाली भूवनेश्वरी त्रिवेणी धाममा कोटीहोम तथा धार्मिक महामहोत्सव लगाइने भएको छ । 
 
ब्रह्माकपाली भुवनेश्वरी त्रिवेणी धाम र भक्तियोग फाउन्डेसन नेपालको सहकार्यमा आगामी ०७४ साल वैशाख १४–२८ गतेसम्म झन्डै आधा महिना कोटीहोम तथा धार्मिक महामहोत्सव लगाइने भएको छ । आइतबार त्रिवेणी धाममा कर्णाली अञ्चलका धार्मिक तथा संस्कृतिविद् रमानन्द आचार्य, जुम्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा, स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासे, प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्लेसहित समाजसेवी, बुद्धिजीवी र सञ्चारकर्मी सम्मिलित भेलाले कोटीहोम र धार्मिक महामहोत्सव लगाउने निर्णय गरेको हो । 
भक्तियोग फाउन्डेसन नेपालका प्रमुख व्यवस्थापक हेमराज रिजालले पूर्वबाहिनी भएको नेपालकै प्रसिद्ध यो तीर्थस्थललाई ठूलो धाममा विकसित गर्न, नेपालको धर्म, संस्कृति र सभ्यता बचाउन कोटीहोम र धार्मिक महामहोत्सवको आयोजना गरिएको बताउनुभयो । 
 
कोटीहोम व्यवस्थापन तथा सञ्चालनका लागि सेतीवाडा मावि कुडारी जुम्लाका प्रधानाध्यापक गोरखबहादुर शाहीको संयोजकत्वमा ५०० सदस्यीय कोटीहोम तथा धार्मिक महामहोत्सव मूल आयोजक समिति गठन गरिएको छ । कोटीहोममा एक करोड २५ लाखको बत्ती बालिने र १०८ ब्राह्मणको सहभागिता हुने मूल आयोजक समितिका अध्यक्ष शाहीले जानकारी दिनुभयो । 
 
त्रिवेणी धामलाई नेपाल तथा विश्वकै आस्थाको केन्द्र र धार्मिक, ऐतिहासिक पर्यटकीय थलोका रुपमा विकास गर्ने दूरगामी सोचले विभिन्न बाधा, अवरोध र चुनौतीका बीचबाट कोटीहोम तथा धार्मिक महामहोत्सव लगाउने योजना निर्माण गरिएको समिति महासचिव शान्तिनाथ योगीले जानकारी दिनुभयो । रासस 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award