मनोरञ्जन

भैरहवामा पर्यटन महोत्सव हुने भैरहवामा पर्यटन महोत्सव हुने
लुम्बिनी, ४ माघ ।
आन्तरिक पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यले सिद्धार्थ होटल एसोसिएसन नेपाल सान रुपन्देहीले भैरहवामा प्रथम राष्ट्रिय पर्यटन प्रवद्र्धन कृषि तथा औद्योगिक व्यापार मेला आयोजना गर्ने भएको छ । 
 
‘आन्तरिक पर्यटन प्रवद्र्धन गरौँ, भ्रमण वर्ष २०१७ लाई सफल बनाऔँ’ भन्ने मूल नाराका साथ आगामी माघ २५ देखि फागुन ७ गतेसम्म भैरहवाको डण्डा खोलानजिक वेलहिया मार्गमा मेला आयोजना हुन लागेको हो । 
 
सानले सोमबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी भैरहवामा उद्योग वाणिज्य सङ्घ र उद्योग व्यापार सङ्गठनले पालैपालो भैरहवामा महोत्सव गर्दै आइरहेको अवस्थामा यस पटक मेलास्थलको अभावमा भैरहवामा मेला नहुने स्थिति सिर्जना भएपछि सानले भैरहवाको डण्डा खोलानजिक ९बेलहिया मार्ग० मेलाको आयोजना गर्न लागिएको आयोजक संस्था सानले जनाएको छ । 
 
सानको आयोजना तथा रुपन्देही क्रिकेट सङ्घको सहआयोजनामा हुन लागेको मेलामा कृषि, पर्यटन, उद्योग, व्यापार एवम् सूचना प्रविधिको प्रदर्शनीसहित आन्तरिक पर्यटक र बाह्य पर्यटकमा केन्द्रित रहने रुपन्देही सानका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले ९सिपी० जानकारी दिनुभयो । 
 
आयोजकले मेलामा एक लाख दर्शकले अवलोकन गर्नुका साथै रु तीन करोडभन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य लिएको छ । मेलामा कृषि, उद्योग, व्यापार, हस्तकला, तयारी पोसाक, छाला जुत्ता, खाद्यान्न, अटोमोबाइल्स, बैंक तथा वित्तीय संस्था, सूचना प्रविधि, होटल, रेस्टुरेन्ट, विद्युतीय सामग्री, छाला जुत्ता लगायतका दुई सय ६५ स्टल रहने सानका सचिव रवि शर्मा घिमिरेले बताउनुभयो । 
 
उहाँका अनुसार मेलास्थल नजिकै रहेकोे डण्डा नदीमा बोटिङ गराउने गरी कार्ययोजना अगाडि बढाइएको र त्यसका लागि आवश्यक स्रोतसाधन र पूर्वाधार तयार गरी मेलामा थप आकर्षण र नयाँपन दिइनेछ । मेलास्थलमा मायादेवी मन्दिरको प्रतिकृति बनाउने तथा डाँफे चरा, अस्ट्रिच चरालगायत प्रदर्शनीका लागि राखिने आयोजकले जनाएको छ । मेलाको माध्यमबाट स्थानीय पर्यटनस्थलको प्रवद्र्धन, स्वदेशी उद्योगको उत्पादन तथा सेवाको प्रवद्र्धन तथा प्रचारप्रसार गराउन ठूलो टेवा पु¥याउने आयोजकको दाबी छ । 
 
मेलाबाट बचेको रकम निमार्णाधीन सिद्धार्थ रङ्गशालाको स्तरोन्नतिका लागि खर्च गरिने गरी सहमति भएपछि मेला आयोजक संस्था सानसँग समन्वय गरी संयुक्तरुपमा महोत्सव आयोजना गरिएको रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताउनुभयो । 
 
यही माघ १३ गतेदेखि सिद्धार्थ उद्योग वाणिज्य सङ्घले महोत्सव आयोजना गर्ने जनाए पनि मेलास्थलको अभावका कारण तोकिएको समयमा मेला आयोजना गर्न नसकेको तर केही समयपछि उद्योग वाणिज्य सङ्घले मेला आयोजना गर्ने सङ्घका निर्वतमान अध्यक्ष विष्णु शर्माले जनाउनुभयो । रासस 
––––– 
 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award