मनोरञ्जन

अङ्ग्रेजी नयाँ वर्षका कारण सौराहामा भरिए पर्यटक अङ्ग्रेजी नयाँ वर्षका कारण सौराहामा भरिए पर्यटक
रत्ननगर (चितवन), १६ पुस ।
नेपालकै तेस्रो पर्यटकीय क्षेत्र चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्षका कारण पर्यटक भरिभराउ भएका छन् ।
 
अङ्ग्रेजी नयाँ वर्षका कारण यहाँको होटलमा पर्यटक भरिएका हुन् । अधिकांश आन्तरिक पर्यटक छन् । सौराहाको सुविधायुक्त होटल वाइलाईफ क्याम्पमा ४३ कोठा छन् । विगत तीन दिनदेखि आन्तरिक पर्यटकले भरिएपछि आएका पर्यटक अन्यत्रै गएको होटलका सञ्चालक शङ्कर शैंलु बताउँनुहुन्छ । 
 
‘हाम्रो होटल तीन दिनदेखि भरिएका छन्, शैंजुले भन्नुभयो, आएका पर्यटकलाई अन्य होटलका रुम बुक गरेर पठाइरहेका छौँ, अन्त पनि धैरै होटल भरिइसके ।’ 
 
चालीसवटा कोठा रहेको रोयल सफारी होटलमा पनि पर्यटक भरिएर २० वटाकोठा बाहिरको होटलमा राख्नुपरेको सञ्चालक शम्भु माली बताउँनुहुन्छ । उहाँले विगतको वर्ष भन्दा यो पटक राम्रो पर्यटक आएको वताउनुभयो । उहाँले चार दिनका लागि होटल बुक भएको पनि बताउनुभयो । 
 
निकुञ्जसगँ जोडिएको सौराहा, पटिहानी, जगतपुर, मेघौलीलगायतका स्थानमा समेत पर्यटकको आगमन बढेको चितवन निकुञजले जनाएको छ । सो क्षेत्रमा पर्यटक आउँदा निकुञ्जको गोही प्रजनन् केन्द्र र हात्ती सफारीमा चाप बढ्छ । 
 
निकुञ्जका साहायक संरक्षण अधिकृत अभिनय पाठकले निकुञ्जमा हात्ती र जिप सफारीमा पर्यटक गइरहेको बताउनुहुन्छ । चितवनको सौराहामा मात्र सानाठूला गरी ११० वटा होटल छन् भने जगतपुर र मेघौलीमा समेत सुविधायुक्त होटल छन् । 
 
यतिबेला सौराहाको रेष्टुरामा विभिन्न खानाका परिकारको स्वाद लिन आउने पर्यटकको चाप पनि उत्तिकै रहेको क्षेत्रीय रेवान सौराहाका अध्यक्ष लालबहादुर भट्टले बताउनुभयो । उहाँले अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात सौराहाको राप्ती किनारमा पर्यटक रमाउने गर्दछन् । 
 
युनिक वाइल्ड रिसोर्टका सञ्चालक प्रकास भट्टराई र होटल पार्कल्यान्डका सञ्चालक अञ्जन पाण्डेले समेत आफ्नो होटल पर्यटकले भरिएको बताउनुभयो । पाण्डेका अनुसार उहाँको ३२ कोठामा आएका पर्यटकमध्ये ७० प्रतिशत नेपाली छन् । 
 
दैनिक दुई हजार ५०० पर्यटक बस्न मिल्ने क्षमता सौराहामा छ । ६० भन्दा बढी रेस्टुराँ र १०० साना पर्यटन व्यवसाय सञ्चालित छ । 
 
चितवनमा पर्यटक चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिङ्गे गँैडा, बाघलगायत वन्यजन्तु हेर्न आउँछन् । 
 
पर्यटक हात्ती चढेर जङ्गल सफारी गर्न, नदीमा डुङ्गा सयर गर्न, निकुञ्जमा पदयात्रा गर्न पनि आउने गर्दछन् । चितवन निकुञ्ज घुम्नका लागि मात्रै वार्षिक दुई लाख बढी पर्यटक आउँछन् । रासस 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award