मनोरञ्जन

बुद्धको बारेमा चलचित्र प्रदर्शन हुँदै बुद्धको बारेमा चलचित्र प्रदर्शन हुँदै
काठमाडौँ, ६ जेठ ।
भोलि शुक्रबार आशा गरिएका दुई नेपाली चलचित्र ‘बुद्ध वर्न इन नेपाल’ र ‘होम वर्क’ एकैसाथ प्रदर्शनमा आउँदैछन् । ‘भगवान् बुद्ध भारतमा होइन नेपालमा जन्मिएका हुन्’, भन्ने सन्देश विश्वभर फैलाउने चलचित्र ‘बुद्ध वर्न इन नेपाल’लाई नायक रमित ढुङ्गानाले निर्माण गर्नुभएको हो । ज्ञानेन्द्र देउजाको लेखन तथा निर्देशनमा बनेको उक्त चलचित्रले बुद्धको जन्मबारे विश्वभर फैलिएको भ्रमलाई चिर्ने आशा गरिएको छ ।
 
रमितसँगै, अशिष्मा नकर्मी, नीर शाह, मिथिला शर्मा, मनिता लामा, अमित ढुङ्गानालगायत केही अमेरिकी कलाकारको समेत अभिनय सो चलचित्रमा रहेको छ । प्रस्तुतकर्ता रमितले आफू अमेरिका बसाइका क्रममा बुद्ध जन्मबारे भ्रम फैलिएको महसुस गर्नुभएको थियो । सोही कारण छुट्टै धारको चलचित्र निर्माणमा लाग्नु परेको भन्दै उहाँले भन्नुभयो, “चलचित्रले उक्त भ्रम चिर्न सफल हुनेछ भन्ने विश्वासमा छु ।” लुम्बिनी, काठमाडौँसँगै अमेरिकामा समेत छायाङ्कन गरिएको चलचित्र बुद्ध जयन्ती तथा बौद्ध सम्मेलनको अवसरमा प्रदर्शनमा आएको हो । 
 
त्यस्तै, अर्को चलचित्र ‘होम वर्क’ गोपीकृष्ण मुभिजले निर्माण गरेको हो । निरक पौडेलद्वारा निर्देशित चलचित्रको कथा शिभम अधिकारीले लेख्नुभएको हो । बाबु÷छोराको सम्बन्धलाई विषयवस्तु बनाएको चलचित्रमा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, गौरी मल्ल, विजय लामा आदिले अभिनय गरेका छन् । नायक सिग्देलले बाबु र छोराको दोहोरो भूमिका खेल्नुभएको छ । दुवै चलचित्र राम्रो कथावस्तुका भएकाले उत्तिकै राम्रो व्यापार गर्ने आशा गरिएको वितरक सुनिल मानन्धरले बताउनुभयो । रासस

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award