मनोरञ्जन

बुद्ध वर्न इन नेपाल यही ज्येष्ठ ७ गतेबाट प्रदर्शनमा आउँदै बुद्ध वर्न इन नेपाल यही ज्येष्ठ ७ गतेबाट प्रदर्शनमा आउँदै
कमला गुरुङ्ग, कालिका ज्येष्ठ ३–
 
नेपाली चलचित्र बुद्ध वर्न इन नेपाल यही ज्येष्ठ ७ गतेबाट देशैभर एकैसाथ प्रदर्शनमा आउने भएको छ ।  
 
बुद्धको महत्व र जन्मभूमिको विषय चलचित्रको मुख्य कथावस्तु रहेको छ । चलिचित्र युनिटकै आयोजनामा भएको नारायणगढमा भएको पत्रकार सम्मेलनमा सो जानकारी गराईएको हो । 
 
बुद्धको जन्मभूमिको विषयलाई लिएर समय समयमा आउने गरेको विवादलाई मध्यनजर गर्दै चलचित्र निर्माण गरिएको निर्माता एवम् कलाकार रमित ढुंगानाले बताउनु भयो । निर्माता ढुंगानाले निकै अध्ययन पश्चात चलचित्र निर्माण गरिएको बताउनु भयो । यस चलचित्रलाई सरकारले पनि पूर्ण सहयोग र समर्थन गरेको ढुंगानाले जानकारी दिनुभयो । 
 
रमित ढुंगाना र असिस्मा नकर्मीको मुख्य भूमिका रहेको चलचित्रमा निर शाह, मिथिला शर्मा, अमित ढुंगाना लगायतका कलाकारहरुको अभिनय रहेको छ । देशका साथै विदेशमा समेत सुटिङ्ग गरिएका चलचित्रमा विदेशी कलाकारहरुले समेत अभिनय गरेका छन् । 
 
ज्ञानेन्द्र बस्नेतको निर्देशनमा बनेको चलचित्र साढे २ करोडको लगानीमा निर्माण गरिएको हो । चलचित्रलाई सबै दर्शकहरुले मन पराउने चलचित्र युनिटको विश्वास छ । 
 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award