मनोरञ्जन

आनी केरेक हिलिहाङ दरबार पेगिराको छायाङ्कन आनी केरेक हिलिहाङ दरबार पेगिराको छायाङ्कन
पाँचथर,वैशाख ८,
 
अन्तिम लिम्वु राजा हिलिहाङ योङ्हाङ सम्वन्धि खोज तथा अनुसन्धानमा आधारीत गीत आनी केरेक हिलिहाङ दरबार पेगिराको छायाङ्कन गरिएको छ । यसलाई कतिपयले लघु चलचित्र पनि भनेका छन् ।
 
 गीतको भिडियोमा कैद दृश्य जीवन्त छ । दृश्यमा युवायुवतीको एउटा लर्को हिलिहाङ योङहाङको दरबारतिर लाग्छ । सो क्रममा उनीहरुको भेट हिलिहाङकै विषयमा खोज अनुसन्धान गर्दै आएका अनुसन्धानकर्तासँग हुन्छ । अनि दरबार पुग्छन् । कलाकारले हिलिहाङलाई स्वागत गर्छन् । जीवन्त मौलिकताको प्रतिमूर्तिको हिलिहाङ दरबारको अवलोकनपछि अनुसन्धानकर्ता खुशी हुन्छन् र लर्के जवानहरूलाई आफ्नो घर लगेर जान्छन् ।
 
 भिडियोलाई जीवन्तता दिने प्रयास गरिएको छ । गीतको भिडियोलाई लघु चलचित्र भनिएको छ । यसको निर्देशन लोकेन साँवाले गरेका हुन् । यसको लेखन हिलिहाङबारे अनुसन्धानकर्ता हर्क योङहाङले गरेका हुन् । प्रदीप योङहाङ र सैलेन्द्र थेबेको निर्माणमा बनेको यस हिलिहाङबारे लघु चलचित्रको छायांकन उत्सव दाहाल र सम्पादन निशान घिमिरेले गरेका छन् । यसमा लिम्बु समुदायका चर्चित कलाकारले अभिनय गरेका छन् ।
 
जसमा यासेली योङहाङ, प्रदीप योङहाङ, कल्पना तुम्रोक, भीम थेवे, ग्रीष्म आङवुहाङ, निशा पोमु, मेरिना तुम्सा, बविता फोम्बो, मेरिना चेम्जोङ, जुनु सुहाङ, मञ्जु थेवे, लक्ष्मी योङहाङ र रुपा आङवुहाङले अभिनय गरेका छन् ।
 
ऐतिहासिक र सांस्कृतिक धरोहर संरक्षणको प्रतिविम्वका रुपमा उम्याइएको यस चलचित्रलाई फेदापहाङ्मा सीता सिंगकको पाश्र्वगायन र अशोक लोहोरुङको संगीतले थप योगदान दिएको छ । हिलिहाङको दरवार पाँचथरको पञ्चमीमा रहेको छ । इतिहासकारहरुका अनुसार उनी अन्तिम लिम्वु राजा हुन् ।

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award