मनोरञ्जन

चलचित्र राहदानी चैत्र १२ गते देशभर प्रर्दशन हुने चलचित्र  राहदानी  चैत्र १२ गते देशभर प्रर्दशन हुने
कालिका
चितवन, ६ चैत्र ,किरण पौडेल 
 
नेपाली कथानाक चलचितत्र राहदानी यहि चैत्र १२ गतेदेखी मुलुकभर प्रर्दशन हुँदैछ । चलचित्र निर्माता समुहले शनिवार नारायणमा पत्रकार सम्मलेन गर्दै चैत्र १२ गतेदेखी मुलुकभर एकैसात प्रर्दशन हुने जानकारी  दिएको हो । 
 
चैत्र १२ गतेदेखी मोफसलका ६० र काठमाण्डौको १७ वटा हलबाट चलचित्र राहदानी प्रर्दशन हुने निर्माता लक्ष्मी ढकालले जानकारी दिनुभयो । ६५ लाख रुपैँयाको लागतमा चलचित्र निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । 
 
काठमाण्डौ, महोत्तरी, सर्लाही, धनुषा र मलेसियामा चलचित्रको सुटिङ्ग गरिएको निर्देशक डब्बु क्षेत्रीले जानकारी दिनुभयो । रोजगारीको सिलसिलामा विदेश जान बाध्य भएका नेपालीको जिवनमा आधारित भएर चलचित्र निर्माण भएको निर्देशन डब्बु क्षेत्रिको भनाई छ । चलचित्रमा चर्चित कलाकार दयाहाङ् राई, रिना विश्वकर्मा लगायतका कलाकारहरुले अभिनय गरेका छन । 
 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award