मनोरञ्जन

फागुमा गाइने जोगिरा लोप हुँदै
गौशाला, २ चैत । 
महोत्तरी लगायत मिथिलाञ्चलका गाउँ गाउँमा फागु पर्वको आगमनसँगै गाइने जोगिरा (एक प्रकारको परम्परागत गीत) लोप हुँदै गएको छ । 
फागुभन्दा एक महिना पहिलेदेखि नै महोत्तरीका प्रत्येक गाउँ÷गाउँ तथा टोल टोलमा विगतका वर्षमा सुनिने गरेको जोगिरा अब सुनिन छाडिएको वयोवृद्ध होलैयाहरुको भनाइ छ । पहिले पहिले गाउँका दलानमा डम्फु, झ््याली, हार्मोनियमको तालमा साँझदेखि रातिसम्म विभिन्न उमेर समूहका युवा, वयस्क र वृद्धको छुट्टाछुट्टै टोलीले समूह बनाई जोगिरा गाउने चलन थियो । 
 
डम्फुको तालमा गवैया मनोयोगका साथ जोगिराको माध्यमले देवीदेवताको वन्दना गर्ने, हाँसो–ठट्टा, पे्रम–विछोड र हर्षविनोदका भावगीतको माध्यमबाट प्रस्तुत गर्ने जोगिरा अहिले लोप हँुदै गएको छ । 
फागु मनाउन मात्र एक साता बाँकी रहँदा पनि महोत्तरीका ६६ गाविस र तीन नगरपालिकाका कुनै पनि गाउँ ठाउँमा यस वर्ष जोगिरा सुन्न नपाइएको जिल्लावासी बताउँछन् । 
 
मिथिलाञ्चलमा फागुका अवसरमा गाइने जोगिरा साँस्कृतिको जगेर्ना गर्ने र निरन्तरता दिने युवा समुदायको खाँचो देखिएको जलेश्वर– ५ का होलैया मनमोहन पासवानले बताउनुभयो । 
 
पहिले पहिले जोगिरा गाउन फागुको एक महिना पहिले नै देश परदेशमा रोजगारीमा गएका युवा घर फर्केर आउँथे र एक महिनासम्म गाउँ गाउँमा रातिसम्म जोगिराले गाउँ÷गाउँ गुञ्जायमान बनेको हुन्थ्यो तर अहिले ती सबै हराएर गएको मनरा गाउँका होलैया रवीन्द्र भगत बताउनुहुन्छ । 
 
जोगिराको लोपसँगै सामाजिक सद्भाव घट्दै गएको र मिथिलाको मौलिक परम्पराका रुपमा रहेको फागु गीत पनि लोप हुन थालेको जलेश्वर– ७ का होलैया रामबाबु चौधरीले बताउनुभयो । 
 
जोगिरा गाउने परम्पराको संरक्षणको आवश्यकता रहेको बताउँदै वृद्ध होलैयाहरुले अहिलेका युवामा आपसी सद्भाव, भाइचारा, बन्धुत्व र सामाजिक एकताको अभावमा यसको लोप हुँदै गएको निष्कर्ष निकालेका छन् । रासस 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award