मनोरञ्जन

इन्द्रदेव चलचित्र मन्दिर फागुन २१ गते बाट पुन संचालनमा आउदै÷नयाँ सुविधाको साथमा इन्द्रदेव चलचित्र मन्दिर फागुन २१ गते बाट पुन संचालनमा आउदै÷नयाँ सुविधाको साथमा

फागुन १९, चितवन– 

२०५४ साल बैशाख २३ गते बाट संचालनमा आएको नारायणगढको इन्द्रदेव चलचित्र मन्दिरले  दर्शकको सल्लाह सुझावलाई ध्यानमा राख्दै हल पुननिर्माण गर्दै पुन संचालनमा आउने भएको छ ।

असोज ४ गते बाट चलचित्र प्रदर्शन गर्न रोकेर निर्माण गरिएको इन्द्रदेव चलचित्र मन्दिर यहि फागुन २१ गते बाट पुन संचालनमा आउदै छ  ।२०५४ सालमा एक करोड भन्दा बढी लगानीमा संचालनमा आएको ७९५ सिट क्षमता सो हललाई करिब ५ करोडको लगानीमा   पुननिर्माण गर्दै ८३२ दर्शक क्षमता भएको हल निर्माण गरिएको छ ।

अत्याधुनिक र बिशेष सुविधायुक्त हलमा रुपान्तर गरिएको यस इन्द्रदेव चलचित्र मन्दिर सिल्भर स्कृनमा नेपालकै ठुलो हल बनेको छ ।हलमा अब पुर्ण एयर कन्डिसन , आधुनिक डिजिटल मेशिन टू के ट्वान्टी बारको प्रोजेक्टर बाट फिल्म प्रदर्शन,थ्री डि फिल्म हेर्न मिल्ने ,थ्री वे साउन्ड लगायतको बिशेष सुविधा रहने छ ।

माथि ३१७ सिट  क्षमता भएको पोल्टिनियमको टिकट रु २५० र तल ५१५ सिट भएको गोल्डको टिकट रु २०० मूल्य निर्धारण गरिएको छ ।

अन लाईन बाट पनि टिकट काट्ने सुबिधा भएको पूर्ण पारिवारिक हल ,लकेज काउन्टर समेत भए यस इन्द्रदेव चलचित्र मन्दिरमा पार्किंगको समेत राम्रो व्यवस्था गरिएको छ।हल भित्र नै फूड स्टल समेत रहने छ ।यहि फागुन २१ गते शुक्रबार बाट चलचित्र ड्रिम्स बाट हल पुन संचालनमा आउने छ ।

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award