- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
एकलाख सहित गायिका राणा हेटौंडामा पुरस्कृत
गणेशदर्पण अधिकारी÷मकवानपुर
गायिका मीरा राणा हेटौंडामा नगद एकलाख रुपैंया सहित पुरस्कृत भएकी छिन् । चौथो भीम विराग स्मृति दिवसको सन्दर्भमा शनिबार उनलाई एक लाख रुपैंयाको विजुलीमाया वन श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कार प्रदान गरिएको हो ।
भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानले हेटौंडामा एक कार्यक्रमको आयोजना गरी वि.स २०२२ देखि साड्डितिक क्षेत्रमा सक्रिय गायिका राणालाई पुरस्कार प्रदान गरेको हो । गीतकार, संगीतकार एवम् निर्देशक चेतन कार्की, मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा.मानबहादुर विश्वकर्मा, प्रतिष्ठान अध्यक्ष तुल्सी थापालगायतले गायिका राणालाई नगद एवम् प्रमाणपत्र प्रदान गर्दै दोसल्ला ओढाएका हुन् ।
पुरस्कार मकवानपुरका व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले आमाको नाममा स्थापना गरेका हुन् । यस पुरस्कारबाट विगत नौ बर्षदेखि राष्ट्रिय स्तरका गायक गायिकालाई प्रदान गरिंदै आएको छ । पुरस्कार लिएपछि खुसी हु“दै गायिका राणाले एकलाख रुपैंयाको पुरस्कार भन्दा पनि आफूलाई भीम विराग संङ्गीत साहित्य कला प्रतिष्ठानले सम्झिनु नै ठूलो कुरा भएको प्रतिक्रिया दिइन् । ‘मलाई पुरस्कारको लागि योग्य सम्झिनु नै करोडौ“को सम्पति हो’ उनले भनिन् । उनले बनेको छ छहाराले यो छाति मेरो....., बाडुल्की लाग्यो....., मखमली चोलो चाहि“दैन..लगायतका गीतहरु कार्यक्रममा सहभागीमाथ प्रश्तुत गरेकी थिइन् । कार्यक्रममा सानै उमेरमा उत्कृष्ट गीत गाएको भन्दै हेटौंडा–१० का ५ वर्षीय चिराग डङंगोललाई पनि सम्मान गरिएको थियो ।
बाल गायक डङ्गोलले कार्यक्रममा नेवारी र नेपाली भाषाको गरी दुई वटा गीत गाएर सुनाएका थिए । पुरस्कार वितरण कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी विश्वकर्मँसहित विभिन्न साहित्य क्षेत्रमा संलग्न रहेका विभिन्न व्यक्तिहरुले मन्तव्य व्यक्त गरेका थिए । यस्तै हेटौंडेली गायक गायिकाहरुले आफ्नो साङ्गीतिक कोसेली समेत प्रश्तुत गरेका थिए । कार्यक्रम भीम विराग संङ्गीत साहित्य कला प्रतिष्ठान अध्यक्ष तुल्सी थापाको अध्यक्षतामा भएको हो ।
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





