मनोरञ्जन

गायिका कोमल वलीले खोलिन पानी उद्योग

तुलसीपुर (दाङ), १५ माघ । गायिका तथा सञ्चारकर्मी कोमल वलीले तुलसीपुर नगरपालिका–६ गोलौरामा पानी उद्योग खोल्नुभएको छ । 


ओम ड्रिङ्किङ वाटर एण्ड ओभरेज उद्योगको स्थापना गरी ‘कोमल जल’ नाम दिएर उहाँले पानीको उद्योगको स्थापना गर्नुभएको हो । रु ४० लाखको लगानीमा खोलिएको सो उद्योगमा हाल चारजनाले रोजगारी पाएका छन् । उद्योगको प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले उद्घाटन गर्नुभयो । 

वलीले आफु स्थानिय बासिन्दा भएकाले आफ्नो ठाउँको सेवा गर्नका लागि पानी उद्योग खोलेको बताउनुभयो । आफनो उद्योगबाट बिक्री भएकामध्ये प्रतिबोतल १० पैसा सामाजिक हितमा खर्चगर्ने उहाँको भनाइ छ । कार्यक्रममा हास्यकलाकार जीतु नेपाल, कमल गाउँले, गायिका ऋतु कँडेललगायतका कलाकारले आ–आफना प्रस्तुती राख्नुभएको थियो । रासस÷ 

 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award