मनोरञ्जन

नयाँ वर्षमा परदेशबाट तुलाको सम्झना नयाँ वर्षमा परदेशबाट तुलाको सम्झना
काठमाडौँ , १६ पुस ।
 
जंगलको शितल हावा चल्छ राप्ती वरी परी 
वालापनका यादहरुले सताउँछन् घरीघरी
कसरी पो भुल्न सक्छु म, आफु जन्मिएको ठाउँलाई 
जो जहाँ रहे पनि याद रहोस् अजम्बरी
 
 
यि शब्दहरु हुन् गायक तथा संगीतकार तुला पर्वतका । कामको शिलशिलाका परदेशीएका चितवनका तुलाले हरेक मानिसको बालापनलाई एक पटक झजल्क्याउने गरी माथिका यि हरफहरु गुन्ज्याइरहँदा कस्लाई पो आफ्नो बालपनको यादले नसताउला र ।
 
हरेक मानिसलाई आफ्नो जन्मभूमि प्राणभन्दा प्यारो लाग्छ नै । त्यही प्राण सरी जुनी जुनीसम्म आफ्नो जन्मभूमीलाई माया गरीरहने प्रण गरेका छन् तुलाले आफ्नो १० औँ भिडियो हाम्रो चितवन मार्फत । जुन भिडियोलाई नयाँ वर्षको उपलक्षमा आज मात्रै यूट्यूव मार्फत सार्वजनिक गरिएको छ । चितवनको सेरोफेरोमा डुबेर तुलाले तयार गरेको ५ मिनेट लामो भिडियोमा उनले समग्र नेपाललाई आफुले भिडियोमा अटाएको बताउँछन् । भन्छन् चितवन मेरो मात्रै नभई ३ करोड नेपालीको अन्नको भण्डार हो । जहाँ आजसम्म बाँचेका छौँ यही माटोको भरमा, माना पाथी फलाउँदै पुर्याउँछौँ सबको घरमा ।
 
पछिल्लो समय मुलुकमा देखिएको विषम परिस्थितिमा उनले आफ्नो जन्मस्थल तथा मातृभुमीको स्मरण र महत्वका लागी पनि आफुले मातृभुमीसँ सम्बन्धित गीत बनाउन लागीपरेको बताउँछन् । चितवन आफ्नो जन्मस्थल मात्रै नभएर यसमा कैयौँ उनका जिवनका र समग्र नेपालकै आयामहरु जोडीएकाले पनि यसको महत्वलाई जिवन्त राख्न र विश्वसामु पुर्याउन पनि भिडियोमा यहाँका दृश्यहरु देखाउन खोजेको उनको तर्क छ । उनले आफ्ना दर्शक श्रोतालाई हाम्रो चितवन बोलको गीतलाई कुनै स्थान विशेषको तरिकाले नहेरीकन विशुद्ध मातृभुमीका रुपमा यसलाई ग्रहण गरिदिनुहुन समेत अनुरोध गरेका छन् ।
 
यसअघि पनि राष्ट्रिय भावनाले ओतप्रोत गीतहरु बजारमा ल्याईसकेका पर्वतले नै यस गीतमा शब्द, संगीत, आवाज र अभिनय समेत गरेका छन् । अभिनयमा उनलाई प्रशंसा पौडेलले साथ दिएकी छिन् । संजय घिमिरेले निर्देशन गरेको भिडियोको निर्देशन कन्सेप्ट स्वयम गायककै हो । जसको छायांकन उमंग शाही टूकेले गरेका छन् भने सम्पादन भरत रेग्मीको रहेको छ । भिडियोलाई वाइड स्क्रिन मिडिया प्रालीले बजारमा ल्याएको हो ।
 
 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award