मनोरञ्जन

नेपाली चलचित्र फन्को पोर्चुगलमा पनि नेपाली चलचित्र फन्को पोर्चुगलमा पनि
सन्तोष लामिछाने/पोर्चुगल –
 
कलाकार संघ पोर्चुगलको आयोजनामा नेपाली कथानक चलचित्र फन्को को आउदो डिसेम्बर २७ तारिक आइतबार बिहान ११ बजे पोर्चुगलको साल्डानामा बिसेष शो हुने भएको छ |
 
नेपाली चलचित्रको बिकास र बिस्तारको लागि निर्मित कलाकार संघ पोर्चुगलले यस अगाडी नि बिभिन्न चलचित्रको बिसेष शो गरेको थियो | राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली चलचित्रको विस्तार गर्ने हेतुले तयार भएको उक्त संघले चलचित्रको प्रदर्शन सगै विभिन्न सास्कृतिक कार्यक्रम गर्दै आएको छ |
 
आउदो डिसेम्बर २७ तारिकमा साल्डानामा गर्न लागेको ‘फन्को’को बिसेस शो को लागि पनि तिब्र तयारी भएको बताएका छन् कलाकार संघ पोर्चुगलकका संयोजक सुदिप घिमिरेले | फन्को को यसअघि पनि बेल्जियमा शो भैसकेको छ, सोचे भन्दा राम्रो भएको बेल्जियको शो जस्तै पोर्चुगलको शो पनि उत्कृष्ट हुने बताउछन एनआरएन बेल्जियमका उपाध्यक्ष प्रस्तुतकर्ता पदम गुरुङले |
 
 सहदेब गौतम निर्देशित यो चलचित्र नेपालमा आगामी माघ १ गते रिलिज हुदैछ । मल्टिस्टार कलाकारहरु सौगात मल्ल,दयाहा¨ राई,अनुप बराल,प्रियका कार्की,केकी अधिकारी लगाएतका कलाकारहरुले अभिनय गरेको यो चलचित्रमा कमेडी,सस्पेन्स,हास्य संगै सामाजीक कथालाई उठान गरीएको छ । सौगात मल्ल नेताको डा«ईभरको भुमिकामा देखिदै छन भने केकी ड्राईभरको श्रीमतिको भुमिकामा देखिदै छिन । 
 
यो चलचित्रमा नायिका प्रियका कार्की र दयाहा¨ अलि फरक भुमिकामा देखिएका छन । प्रियका दयाको पार्टनर साईड भुमिकामा रहेकी छिन । चलचित्रमा दया र प्रियकाको पार्टनर कस्तो कार्यमा रहेको छ नखुलाईए पनि पैसाको लागी महादेबको तिन नेत्र भने जस्तै पैसाको पछाडी दगुर्नेे आम युवा युवतीको फन्कोको कथन रहेको निर्देशक थापाले बताएका छन ।
 
पदम गुरु¨को प्रस्तुतीमा नरेन्द्र महर्जन र शहदेब गौतमको लगानीे चलचित्र रहेको छ । दुई गित समाबेश रहेको यो चलचित्रमा चेतन सापकोटाको संगीत रहेको छ |
 
 
 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award