मनोरञ्जन

रणबीर र दीपिकाको ‘तमाशाले’ बक्स अफिसमा दम देखायो । रणबीर र दीपिकाको ‘तमाशाले’ बक्स अफिसमा दम देखायो ।
कालिका,मंसीर १५ ।
रणबीर कपूर र दीपिका पादुकोण को ‘तमाशाले’  सुरुको दुई दिन बक्स अफिसमा हङ्गामा मच्चायो । फिल्मले शुक्रबार र शनिबार राम्रो व्यापार गर्यो ।
 
इम्तियाज अली को निर्देशन मा बनेको फिल्म र अहिले सम्म हिट रहेको रणबीर दीपिका को जोडी भएकै कारण फिल्मबाट धेरै आशा गरिएको छ । रणबीरको पछिल्लो तीन फिल्म नरामोसंग फल्प भएको थियो । त्यसैले यो फिल्म बाट धेरै आशा गरिएको छ । फिल्मको समीक्षा गर्दा राम्रै प्रतिक्रिया आएको छ । यो शुक्रबार ‘तमाशा’को  अरु कुनै फिल्म संग प्रतिस्पर्धा हुन पाएन जसकारण फिल्मलाई फाईदा मिल्यो ।
 
फिल्म रिलीज भएको दिन शुक्रवार फिल्मले १०.८७ करोड कमाउन सफल भएको थियो ।यसलाई राम्रो सुरुवात भन्न सकिन्छ । शनिवार विदाको दिन भएको कारण राम्रो व्यापार को आशा गरिएको थियो तर फिल्मले निराश पनि गरेन । अब हेर्न बाकीँ छ ,फिल्मले कस्तो व्यापार गर्ला ।‐एजेन्सीको सहयोगमा

 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award