मनोरञ्जन

कीर्तिपुरमा बाह्रवर्षे नाच सुरु
काठमाडौँ, ५ कात्तिक । 
कीर्तिपुरमा आजदेखि बाह्रवर्षे नाच सुरु भएको छ । 
राजा निवास मल्लका पालादेखि सुरु भएको सो नाच ११ महिनासम्म चल्छ । नाच टोल टोलमा आलोपालो गरी देखाइन्छ । अष्टमातृका, महालक्ष्मीलगायत ११देवदेवीका मुकुन्डो लगाएर सो नाच नाचिन्छ । नगरवासीलाई सुरक्षित गराउन यो नाच सुरु गरिएको नृत्यगुरु राजकुमार मालीले बताउनुभयो । 
 
अस्त्र परित्याग दिवस 
विजयादशमीकै दिन आज दुई हजार २७७औँँ अस्त्र परित्याग मनाइयो । मौर्यसम्राट् अशोकले कलिङ्गको युद्धपछि विक्षिप्त भई युृद्ध नगर्ने घोषणा गरेको दिनलाई अस्त्र परित्याग दिवसका रुपमा मनाइने चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले जानकारी दिनुभयो । भिक्षु धम्मले भन्नुभयो–“उहाँकै देनले आज हामीले लुम्बिनी हाम्रो भन्न पाएका छौँ, बौद्धधर्मको विकासमा उहाँको अतुलनीय योगदान छ, आजको दिन उहाँको योगदानलाई स्मरण गरी शस्त्रास्त्र दिवसलाई शान्त भएर खुसी बाँडी मनाऔँ ।” रासस 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award