मनोरञ्जन

दसैँमा थारुहरूमा सखिया नाचको रौनक

गुलरिया बर्दिया, २ कात्तिक ।

सखिया नाच्दा छुट्टै उमङ्ग रौनकता छाइरहेको धधबार– ९, मेरैया गाउँकी सुनिता चौधरीले बताउनुभयो । उहाँले यस नाचले गाउँमा आजकाल रौनकता छाएको अनुभव सुनाउनु भयो ।

सखिया नाच नभए गाउँमा चाडपर्व आएको महसुस नहुने उहाँले बताउनुहुन्छ । पहिले पहिलेका वर्षमा महिनाभरि सखिया नाच नाचिन्थ्यो । यस वर्ष भने दसैँ नजिकिएका बेलामात्र नाचिने गरियो ।

दसैँ नजिकिँदै जाँदा थारु गाउँमा सखियाको उमङ्ग सुरु भएकोले सखिया नाच नाचिरहेको थारु युवती सुनिता बताउनु हुन्छ ।

यो नाचमा युवती नाच्ने र युवाले मादल बजाउने गर्छन् । जति धेरै मादल बजे त्यति रौकनकता आउँछ । यो नाचका लागि कम्तीमा चार÷पाँचजना मादल बजाउने युवा हुन्छन् । २०÷२५ जना सखिया नाच्ने युवतीले सेतो रङ्गको फरिया र रातो रङ्गको चोलिया रातो रङको रिबन लगाउने गर्छन् ।

युवाले भने सेतो रङको धोती र कमिज लगाई मादल भिरेका हुन्छन् । सखिया नाचमा भगवान् कृष्णको जीवनमा आधारित गीत नसकिएसम्म गाउने गरेको चौधरीले बताउनुभयो । दसैँको टीकासम्म सबै मिली यो नाच नाचिन्छ ।

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award