मनोरञ्जन

उत्कृष्ट चलचित्रको सम्मान ‘टलकजङ्ग भर्सेज टुल्के’लाई
(नवराज विक , कतार, ८ असोज - 
 
नेपाल चलचित्र प्राविधिक सङ्घले प्रदान गर्दै आएको ‘नेफ्टा अवार्ड’मा उत्कृष्ट चलचित्रको सम्मान ‘टलकजङ्ग भर्सेज टुल्के’ले पाएको छ । कतारको राजधानी दोहामा सम्पन्न आठाँैं नेफ्टा अवार्ड समारोहमा उत्कृष्ट पाँच विधामा समेत सो चलचित्रले नै सम्मान जितेको छ । त्यसका नायक खगेन्द्र लामिछाने र नायिका ऋचा शर्मा उत्कृष्ट घोषित भए ।
 
त्यसबाटै सर्वोत्कृष्ट निर्देशक निश्चल बस्नेत र उत्कृष्ट संवाद लेखक खगेन्द्र लामिछानेले जिते । उत्कृष्ट जुरी अवार्ड ‘कबड्डी’, वर्षको लोकप्रिय चलचित्र ‘कोहिनुर’, उत्कृष्ट कथा सविन बास्तोला(सुनपानी), उत्कृष्ट गीतकार कृष्णहरि बराल(कोहिनुर), लोकप्रिय नायक आर्यन सिग्देल र लोकप्रिय नायिका प्रियङ्का कार्की घोषित भए । 
 
उत्कृष्ट नवनिर्देशक रामबाबु गुरुङ (कबड्डी), उत्कृष्ट नवनायिका अन्ना शर्मा (जेरी), उत्कृष्ट नवनायक हसनराजा खान (अलबिदा), उत्कृष्ट सहअभिनेत्री चुल्टिङ गुरुङ (नोभेम्बर रेन), उत्कृष्ट सहअभिनेता सलोन बस्नेत(आभास), उत्कृष्ट खलअभिनेता अनुपबिक्रम शाही (हसिँया) तथा उत्कृष्ट पाश्र्वगायक युवराज चौलागाईँ(नोभेम्बर रेन) र पाश्र्वगायिका रेजिना रिमाल(नाइँ नभन्नू ल)ले पाएका छन् । 
 
कार्यक्रममा विभिन्न नेपाली चलचित्रका महत्वपूर्ण क्षेत्रलाई समेट्दै ३६ विधामा सम्मान प्रदान गरिएको थियो । नेफ्टा अवार्डको प्रतिस्पर्धामा ७५ चलचित्रको सहभागिता थियो । त्यस्तै गिनिजबुकमा विश्व कीर्तिमान राख्न सफल कान्छा निर्देशक आठ वर्षीय सौगात विष्टलाई अन्तर्राष्ट्रिय कलाकार मञ्चद्वारा सम्मान गरिएको थियो । 
 
मह जोडीलाई ‘कलारत्न पुरस्कार’ 
 
वरिष्ठ हास्यकलाकार महजोडीलाई ‘कलारत्न पुरस्कार’द्वारा सम्मान गरिएको थियो । सूचना तथा सञ्चार प्रविधिमन्त्री डा मीनेन्द्र रिजालले उहाँहरुलाई सो सम्मान प्रदान गर्दै प्रवासी नेपालीको विप्रेषणले नै मुलुक धानिएको र यसले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो । 
 
नेपालमा नयाँ सविधान जारी भइसकेकाले अब प्रवासमा धेरै दिन बस्नु नपर्ने उहाँको भनाइ थियो । मन्त्री डा रिजालले नयाँ सविधान जारी हुँदा केहीको असन्तोष आएको भए तापनि सरकारले छिट्टै समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो । 
 
विसं २०५६ देखि सुरु गरिएको सो सम्मानको पाँचाँै संस्करणसम्म नेपालमा नै आयोजना गरिए पनि छैटौँ मलेसिया, सातौँ हङकङ हँुदै यस वर्ष कतारमा भएको अन्तर्राष्ट्रिय कलाकार मञ्च कतारका अध्यक्ष शक्ति क्षेत्रीले जानकारी दिनुभयो । रासस

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award