मनोरञ्जन

नेफ्टा अवार्डमा ‘मह जोडी’ले पाए ‘कला रत्न’ उपाधि

काठमाडौँ, ८ असोज ।

नेपाली हास्य क्षेत्रका चर्चित जोडी तथा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘कला रत्न’ उपाधिबाट सम्मानित हुनुभएको छ ।नेपाल चलचित्र प्राविधिक सङ्घको आयोजनामा बिहीबार कतारमा सम्पन्न ‘आठांँै नेफ्टा फिल्म अवार्ड’मा उहाँहरुलाई नेपाली कला क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएकाले उक्त उपाधि प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अथिति सूचना तथा सञ्चारमन्त्री डा मी      नेन्द्र रिजालले महजोडीलाई एक कार्यक्रमका बीच सो उपाधि प्रदान गर्नुभयो ।यसअघि यो उपाधिबाट नीर शाह, राजेश हमाललगायतका वरिष्ठ कलाकार सम्मानित भइसक्नु भएको छ । कार्यक्रममा कलाकारद्वय शाह र वसुन्धरा भुसालले कवितामार्फत देश दुखेको र बनेको कुरा सुनाउनुभएको थियो ।

नेपाली चलचित्रको विश्वव्यापीकरण गर्ने उद्देश्यले विदेशी भूमिमा ‘अवार्ड’ वितरण गरिएको प्राविधिक सङ्घका सदस्य गीता पौडेलले बताउनुभयो । रासस

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award