मनोरञ्जन

चलचित्र पत्रकार संघ चितवनको अधिवेशनको जिम्मा पन्तलाई चलचित्र पत्रकार संघ चितवनको अधिवेशनको जिम्मा पन्तलाई
कालिका भाद्र १३
 
कालिका एफ.एमका कार्यक्रम प्रमुख मनोज पन्तलाई चलचित्र पत्रकार संघ चितवनको अधिवेशन सम्पन्न गर्ने जिम्मा तोकिएको छ । 
 
संघको आगामी असोज २ गते हुने अधिवेशन संचालनका लागि पन्तको संयोजकत्वमा सम्पूर्ण जिम्मेवारी तोकिएको हो । संघले चितवन शाखाका कार्यबाहक अध्यक्ष रामेश्वर रिजाल , सचिव गोविन्द अर्याल, सहसचिव सागर ढुंगाना, सदस्यहरु ज्ञानेन्द्र तामाङ, सन्दिप भट्ट, सुरेन कुँवर र सन्दिप भट्टराईले दिएको राजिनामा स्वीकृत गरेको छ । 
 
संघले एक प्रेश विज्ञिप्ति जारी गर्दै केही सदस्यले दिएको राजीनामा समेत फिर्ता भएको जानकारी समेत गराएको छ ।
 
केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद सुवेदी द्धारा जारी विज्ञप्तिमा राजीनामा दिएका ओमकार अर्यालले दबाबमा राजीनामा पत्रमा हस्ताक्षर गराइएको भन्दै फिर्ताका लागि निवदेन दिएकाले उनको राजीनामा फिर्ता भएको उल्लेख गरिएको छ । 
 
संघले सदस्य नवीकरण र नयाँ सदस्यताका लागि संयोजक पन्तलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

samajhdari

Started at: 19:25 HRS

Up Next

Nepal Darpan

Starts at: 20:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award