मनोरञ्जन

वडा नम्बर ६ को प्रचार प्रसार तिब्र

राजु थापा, भदौ ६, कालिका

छ एकान छ को अपार सफलता पछि हास्यकलाकार दिपा श्री निरौला र दिपक गिरीले अर्का चलचित्र वडा नम्बर ६  निमार्ण गरेका छन् ।


यही असोज १ गते देखि  देशैभरका हलहरुमा एकै साथ प्रर्दशन गर्न लागिएको चलचित्र वडा नम्बर छ को प्रचार प्रसारको लागि नारायणगढमा आईतबार पत्रकार सम्मेलन गरि जानकारी दिईएको हो ।पत्रकार सम्मेलनमा निर्माताद्धय दिपक गिरी र दिपा श्री निरौलाका साथमा छ एकान छ का निर्देशक दिनेश डिसी नारायणगढ आउनु भएको हो ।


 सम्मेलनमा बोल्दै निमार्ता तथा प्रमुख कलाकार दिपक गिरीले भुकम्पपछि नेपालमा फिल्महरु नचलेको अवस्थामा आएको फिल्मलाई सहयोग गर्न पत्रकारहरु सवैलाई आग्रह गर्नु भएको छ । यस्तै उहाँले हिन्दी फिल्मसंग प्रतिस्पर्धा गर्नु पर्ने छ भने अर्काे तर्फ नेपाली फिल्म बिचमा पनि प्रतिस्पर्धा विचमा अगाडी बढ्नु पर्ने अहिलेको नेपाली चलचित्रको अवस्था औल्याउनु भएको थियो ।यस्तै अर्की निमार्ता दिपा श्री निरौलाले गाउँघरको कथा बस्तुमा आधारित रहेर बनाईएको चलचित्रले सवा २ धन्टा पुर्ण मनोरंजन प्रदान गर्ने बताउनु भयो ।


करिव ८० लाखको लगानीमा निर्माण गरिएको भनिएको चलचित्र वडा नम्बर ६ मा हास्यकलाकारहरु केदार धिमिरे , जितु नेपाल, सिताराम कटेट्ल लगायतका कलाकारको चुमिकाका साथै  लगानी समेत रहेको निर्माता दिपक गिरीले जानकारी दिनुभएको थियो । अन्य कलाकारमा दयाहाङ राई र प्रियंका कार्की रहनु भएको छ भने चलचित्रको निर्देशन उज्वल धिमिरेले गर्नु भएको छ ।

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

samajhdari

Started at: 19:25 HRS

Up Next

Nepal Darpan

Starts at: 20:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award