- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
बालक बलि सम्बन्धि सेचनामूलक चलचित्र बनाउने सोंच
हरि शर्मा
परासी,२० साउन ः बोक्सी प्रथामा आधारित रहेर ‘रक्तभोग’ नामक चलचित्र निर्माण गरेका रामचन्द्र लम्सालले नवलपरासीको कुडियामा घटेको बालक बलि सम्बन्धि पनि चलचित्र निर्माण गर्ने सोंचमा रहेको बताएका छन् ।
विभिन्न जिल्लामा चलचित्र रक्तभोगमार्फत् बोक्सी प्रथा विरुद्ध सचेतना अभियान सुरु गरेका निर्माता लम्सालले गरिबी, चेतना र शिक्षा अभावका कारण बालक बलि घटना घटेको भन्दै उक्त विषय वस्तुलाई समेटेर चेतना मुलक चलचित्र निर्माण गर्ने सोंच रहेको उनले बताए । रक्तभोग चलचित्र चितवनको माडीमा करिब तीन वर्ष अघि बोक्सीको आरोप लगाएर आफन्तद्धारा जीउँदै जलाइएकी महिला ढेगनीदेवी महतोको घटनामा आधारित छ । साउन ३० गते परासीमा प्रदर्शन गर्न लागिएको रक्तभोग चलचित्रको च्यारेटी सो बारे जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा लम्सालले दुबै घटना धामी झाक्रीका कारण भएकाले त्यसलाई न्यूनिकरण गर्न शिक्षा र सचेतना कार्यक्रम जरुरी रहेको बताए । करिब ३० लाख खर्च गरेर बोक्सी प्रथा विरुद्ध चलचित्र निर्माण गरेका लम्सालले हरेक जिल्लामा विभिन्न संघसंस्थाहरुको समन्वयमा च्यारेटी सो प्रदर्शन गर्दै आएको बताए । बालक बलिको घटना पनि गरिबी र चेतना अभावले भएको भन्दै लम्सालले आफुले उक्त घटनामा चलचित्र निर्माण गर्ने सोंचमा रहेपनि आर्थिक अभाव रहेको बताए । ‘कुनै संस्थाहरुले सहयोग गरे म तत्कालै चलचित्र निर्माण गर्न सोंचमा छु’लम्सालले भने त्यसबाट उठ्ने रकम सम्बन्धित संस्थाले नै सचेतना कार्यक्रममा खर्च गरोस ।’ सामाजिक सचेतनाका लागी आफुले एउटा चलचित्र बनाई सकेकाले तत्काल अर्को निर्माण गर्न रकम नभएकाले समस्या भएको उनले बताए । ‘मलाई केही व्यक्तिले नवलपरासीको घटनासँग जोडेर रामचन्द्रलाई अर्को फिल्मको कथा बन्यो भनेर व्यङ् गरे,’ लम्सालले भने,‘यस्ता घटना हाम्रो मुलुकमा कहिल्यै पनि नघटोस जसले गर्दा सचेतनाका लागी अर्को चलचित्र निर्माण गर्न नपरोस् ।’
अन्धविश्वास र कुरीतीले महिलाहरु प्रताडित रहेको र त्यसमा पनि एकल महिला सबैभन्दा बढी मारमा रहेको भन्दै अधिकाशं स्थानमा एकल महिलाहरुको संस्थामार्फत् च्यारेटी सो प्रदर्शन गर्दै आएको उनले बताए । परासीमा पनि मानव अधिकारका लागी एकल महिला समुहको समन्वयमा च्यारेटी सो प्रदर्शन गर्न लागीएको र त्यसबाट उठ्ने रकम सचेतना कार्यमक्रममा खर्च गरिने समुहकी जिल्ला अध्यक्ष पार्वतीदेवी श्रेष्ठले बताईन् । श्रेष्ठले बोक्सी प्रथा नवलपरासीका ग्रामीण क्षेत्रमा धेरै रहेको भन्दै विभिन्न संघसंस्थामार्फत् महिलाहरुलाई उक्त चलचित्र हेर्न लागी ल्याउन प्रयासरत रहेको बताईन् । बोक्सी प्रथामा केन्द्रित रही सत्य घटनामा आधारित रक्तभोग चलचित्रले बोक्सी प्रथालाई समाजको कलंकको रुपमा प्रस्तुत गर्दै उक्त घटनामा ढेगनीदेवीको हत्यारालाई जन्मकैद लगाएर जेल हालेको दृष्य राखिएको छ । चलचित्र एक घण्टाको छ ।
चलचित्रमा पोदराज पौडेल, शैलेश पौडेल, रचना पौडेल र ढेगनीको छोराको भूमिकामा बाल कलाकार भुवन नेपाली र छोरीको भूमिकामा स्वस्तिका तिमिल्सेनाले अभिनय गरेका छन् । ढेगनीदेवीको हत्या भएको समयमा उनका अपराधीलाई पक्रिएका प्रहरीहरु र ढेगनीका साथीहरुनै पर्दामा प्रमुख कलाकारको रुपमा देखिएका छन् ।
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





