मनोरञ्जन

दाहालले तिजमा नचाउने दाहालले तिजमा नचाउने
लक्ष्मी पौडेल
कालिका साउन ८ ।
 
छोटो समयमा नै दर्शक श्रोताको मन जित्न सफल लोक गायक खगेन्द्र दाहालले तिजमा चेलीलाई नचाउने भएका छन् । फुल फुल्यो पारी लोग गितबाट चर्चा कमाएका गायक दाहालले तिजमा दुई वटा छम छम नाच्ने कोशेलीका साथमा चेलीलाई नचाउने भएका हुन् ।
 
पहिलो पटक तिज गित बजारमा ल्याउन लागेका दाहालले नाच्छु छम छमी र बस्ने हो नी ब्रत बोलका दुई वटा गित रेकर्ड गराईसकेका छन् । दाहालकै शब्दमा रहेका दुवै गितमा स्वरमा चर्चीत लोक गायीका टिका पुनले उनलाई साथ दिएकी छन् ।
 
यस अघि बजारमा आएको फुल फुल्यो पारीमा पनी दाहाललाई लोक गायीका टिका पुनले नै साथ दिएकी थिईन् । पहिलो लोक गितबाट श्रोता दर्शकको मायाले तिज गित बजारमा ल्याउन हौस्याएको बताउने दाहाल आफ्ना तिजका गितलाई पनी उत्तीकै माया मिल्नेमा विश्वस्त देखिन्छन् ।
 
"दर्शक श्रोताको मायालाई नकार्न सकिन हेरौ साथ कत्तिको पाईन्छ" दाहालले भने । तिजमा चेली नचाउने खालको गित बजारमा ल्याउन थालेकोमा दाहाल प्रफुल्ल छन् । पत्रकार समेत रहेका दाहालले बजारमा ल्याउन लागेको नाच्छु छम छमीमा आर एस मिस्कल दैलेखीको सगित रहेको छ । यस्तै अर्को बस्ने हो नी ब्रत बोलको गितमा भने राजेन्द्र बजगाईले सगित भरेका छन ।
 
दुवै गितलाई केशव बडुले एरेन्ज गरेका हुन । ड्रिम्स रेकडिङ्ग स्टुडियो काठमाडौमा दुवै गित रेकर्ड भैसकेको छ । दुवै गितको छायांकन बाँके, बर्दिया लगाएतका स्थानमा गर्ने तयारीमा रहेका दाहाल छांयाकनको काम चाडो सकेर भिडियो बजारमा ल्याउने बताउछन् । "अब केही दिन मात्रै बजारमा अडियो र भिडियो एकै पटक ल्याउछु" दाहालले भने ।

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

samajhdari

Started at: 19:25 HRS

Up Next

Nepal Darpan

Starts at: 20:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award