मनोरञ्जन

चलचित्र विकास बोर्डको मापदण्डले सिर्जनामा बन्देज लगायोः संस्थापक खरेल । (अडियो सहित) चलचित्र विकास बोर्डको मापदण्डले सिर्जनामा बन्देज लगायोः संस्थापक खरेल । (अडियो सहित)

लक्ष्मी पौडेल, कालिका असार २७ ।

चलचित्र विकास बोर्डका संस्थापक अध्यक्ष यादव खरेलले बोर्डले हाल ल्याएको मापदण्डले सृजनामा बन्देज लगाएको बताएका छन् । कालिका एफएम संग कुरा गर्दै खरेलले मापदण्डले चलचित्र उद्योगमा नकारात्मक असर पार्ने जिकिर गरे ।

उनले मापदण्डकै कारण नवप्रवेशीहरु चलचित्र निमार्णमा सर्त सहित आउन नसक्ने बताए । उनले यसरी आफ्नै लगानीमा केही गर्छु बनाउछु भनेर आउन खोज्नेलाई शर्त पुरा गरेर आउन भन्नु सिर्जनामा अंकुश लगाउने काम भएको बताए ।

चलचित्र बनाउने कुरा अभिव्यक्ती स्वतन्त्रता संग जोडिएको मौलीक हकको कुरा भएको भन्दै उनले मापदण्डलाई बाध्यात्मक नगरी चेतना जगाउने र बोर्डले चलचित्र निमार्णमा वातावरण तयार गर्नु पर्नेमा जोड दिए ।

सिर्जना अनुभवका आधारमा र पढेको भरमा मात्र गनुपर्ने भन्ने गलत भएको उनको भनाई थियो । नयाँ पुस्ता आउदाँ पुराना पुस्ता विस्तापित हुनु नपर्ने भन्दै उनले प्रतिष्पर्धामा जानु पर्ने तर्क गरे ।
अनुभवीले मात्र राम्रो सिर्जना गर्छ भन्ने कुरा नियम संगत नभएको खरेलले दावि गरे । उनले चलचित्र वा साँस्कृतीक उत्पादन गर्दा राष्ट्रिय चलचित्र नितिमा कुनै बन्देजको प्राबधान नभएको भन्दै बोर्डले स्विकृती नदिए पनि कुनै कानुनले नरोक्ने जिकिर गरे ।

चलचित्र विकास बोर्डले असार १ गतेबाट लागु हुने गरी नयाँ मापदण्ड ल्याएको छ । ( अडियो सुन्नुहोस् )

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

samajhdari

Started at: 19:25 HRS

Up Next

Nepal Darpan

Starts at: 20:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award