मनोरञ्जन

मलाई पिटेको देखे नराम्रो मान्छे उ मलाई पिटेको देखे नराम्रो मान्छे उ

कालिका असार २३ ।

हिन्दी फिल्म किक र बदलापुर मा भिलेनको रोल निभाएका नवाजुद्धीन सिद्धिकी कि छोरी आजभोली रिसाएकी छन् । उनकी छोरी जब यी फिल्ममा आफ्नो बाबालाई सलमान खान र वरुण धवनले हातले पिटेको देख्छीन तब उनलाई साह्रै नराम्रो लाग्छ ।

नवाजुद्धिन भन्छन की, "मेरी छोरी पाँच बर्षकी छ, फिल्ममा जो कोहीले मलाई पिट्छन् उनीहरुलाई उसले गाली गर्छे अनी रिसाउछे ।"

परिवर्तन

कुनै समय यस्तो पनि थियो जब नवाजुद्धिन एउटा ब्रेकका लागी तड्पीन्थे, तर आज उनको सामु आज फिल्मको कुनै कमी छैन् ।

सफलता मिलेपछी नवाजुद्धिनको जिन्दगीमा के परिवर्तन आयो त ? यो प्रश्नको जवाफमा उनी भन्छन्, "पैसाको मोह त न पहिले थियो न आज नै छ । जे काम गर्छु उसैको मेहेनत मिल्छ, त्यो भन्दा ठुलो कुरा के नै हुन सक्छ र मेरा लागी । म आज पनी सुतीको शर्ट र सामान्य जिन्स लगाउँछु, कुनै ब्रान्ड तिर मैले ध्यान नै दिन्न ।"

उनी भन्छन्, "म आज पनि आफुले आफुलाई उही मान्छु जो पहिले थिए । मेरो बुझ्छु की एक्टरको हातमा हिट अथवा फ्लप त हुँदैन तर राम्रो काम गर्ने कोशिस हाम्रै हातमा हुन्छ ।"

टाईपकास्ट

नवाजुद्धिन लाई भिलेनको रोल पटक पटक गर्दा यो भिलेन वाला छविबाट कुनै समस्या भने भएको छैन । उनी भन्छन्, "पटक पटक भिलेन रोल मात्रै भयो भनेर मलाई थोै पनि डर नै छैन् । किन की आज मलाई हरेक प्रकारको रोल गर्ने मौका मिलिरहेको छ ।"

उनको भनाई छ, कुनै पनी क्यारेक्टर कुनै दोस्रो फिल्ममा जस्तो मिल्दो जुल्दो देखीदैन् । त्यसैले खलनायक हुनुबाट टाईपकास्ट हुने कुनै डर छैन् ।

फिल्म अस्विकार

लगातार धेरै फिल्मको प्रस्ताव आउदा नवाजुद्धिनलाई कुनै ठुलो निमार्ता र निर्देशकलाई नाई भन्नु परेको छ । यहाँसम्म की नाई भनेकै कारण कति मान्छे उनसंग रिसाउँछन् पनि ।

नवाजुद्धिन भन्छन की, "फिल्म अस्विकार गर्ने मेरो औकात पनि छैन् र न त म अस्विकार गर्छु नै । तर कहिलेकाँही के हुन्छ भने आफ्नो व्यस्त तालिका को कारण आफुले नचाहेर पनि नाई भन्नुपर्ने हुन्छ, किनकि मेरो पहिल्यैका केही फिल्म छन् जसको लोड मलाई छ ।"

उनका अनुसार पहिला जसलाई वचन दिईएको हुन्छ ति फिल्मको काम पहिले सकिसक्नुपर्छ, र त्यसैकारण दोस्रो फिल्मलाई नाई भन्नुपर्ने हुन्छ ।

ख्याती

नवाजुद्धिन सिद्धिकीका लागी ख्याती पाउनु र त्यसलाई सम्हाल्नु धेरै मुस्किलको काम हो । उनी भन्छन् की, 'मैले जानेको छु की यो यती सजिलो काम हैन् र यदी म खानको अघि उनको आधा पनि ख्याती बनाउन सके भने त्यो चाहीँ मेरो लागी धेरै ठुलो कुरा हुनेछ ।"

निर्देशक कबिर खानको फिल्म बजरंगी भाईजानमा नवाजुद्धिन पाकिस्तानी पत्रकारको भुमिका निभाएका छन् । सलमान र नवाजुद्धिन फिल्म किक पछि फेरी एक पटक साथमा देखीने छन् ।

 - एजेन्सीको सहयाेगमा
 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

samajhdari

Started at: 19:25 HRS

Up Next

Nepal Darpan

Starts at: 20:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award