मनोरञ्जन

कंगनालाई यो कस्तो फसाद ! ! ! कंगनालाई यो कस्तो फसाद ! ! !

कालिका असार १० ।

आलीवुडमा यस्तो घटना धेरै कम मात्र सुन्नमा आउछ कि कुनै एक्ट्रेसले आफ्नै फिल्मलाई रिलिज हुन दिन चाहदैन् । तर लगातार एक पछि अर्को उत्कृष्ट फिल्म दिने चर्चीत बलिवुड अभिनेत्री कंगना रानावत यतीखेर केही यस्तै गरेकी छन् ।

हालै उनले टी सिरिजलाई कानुनी नोटीस पठाएकी छन् । यसको कारण उनी चाहन्छिन की उनको एक पुरानो फिल्ममा रोक लगाईयोस् ।

कंगना ' आई लव न्यु ईयर' को निर्माताहरुसंग रुष्ट छिन् । फिल्म का निर्माताहरुले उनको एक रोकिएको फिल्मको रिलिज गर्ने चाहनामा छन् । तर कंगना चाहदीनन् कि उनको त्यो फिल्म रिलिस होस् ।

यसै कारण उनले कानुनी कदम उठाउने निर्णय गरीन् । टि-सिरिजलाई एउटा कानुनी पत्र पठाईएको छ ।  यही कम्पनी ले नै फिल्मको निर्माण गरेको थियो ।

कंगनाका वकिल रिजवान सिद्धिकीले भनेका छन्, "यो धेरै नै दुर्भाग्यको कुरा हो कि मेरो क्लाईन्टलाई थाहा नै नदिईकन टि सिरिजले फिल्म रिलिज गर्ने तय गर्‍यो । यो फिल्म टि सिरिजले ६ बर्ष पहिले बनाएको थियो । जतीबेला अपेक्षा विपरित बनेको थियो । अब यतीबेला यो फिल्मलाई रिलिज गर्नुले त कम्पनिले मेरो क्लाईन्टको सफलताको अवसर रोजेको देखीन्छ । कम्पनीले मेरो क्लाईन्टको कुनै जानकारी नै दिएको छैन् । न त यो फिल्मलाई नै प्रमोट गर्ने बताएको छ ।"

वकिलका अनुसार कानुनी पत्रमा भनिएको छ की एक्ट्रेसलाई यो प्रोजेक्टको भुक्तानी दिईएको छैन् । न त कहिल्यै कुनै सहमती भएको थियो ।

टि सिरिजका प्रमुख भुषण कुमार ले भनेका छन् की फिल्म को रिलिजको कुरामा उनको कुनै नियन्त्रण हुँदैन् । उनले सो फिल्म सम्पुर्ण अधिकार १८ महिना पहिले नै वेव सिनेमा को बेचेको बताएका छन् ।

आई लव न्यु ईयरमा कंगनाका साथमा मुख्यमा भुमिकामा सन्नि देवल रहेका छन् । धेरै बर्षपछि यो फिल्मको प्रोम्रो र गित हरु म्युजिक च्यानहरुले बजाउन थालेका छन् ।

-एजेन्सीको सहयोगमा

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

samajhdari

Started at: 19:25 HRS

Up Next

Nepal Darpan

Starts at: 20:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award