विचार - विश्लेषन - फिचर

आलेख ः तीनमुरी बोक्ने ‘तीनमुरे बाजे’लाई भारोत्तोलन थाहा छैन
तीर्थ भट्टराई,दिल्पा, भोजपुर, ५ माघ,रासस
तपाईं खेतको खलाबाट घरसम्म धान बोक्नुप¥यो भने कति बोक्न सक्नुहुन्छ रु मुस्किलले एक मुरीसम्म वा बढीमा २५ पाथी । साँच्चै बलियो हुनुहुन्छ भने तीस पाथी नै बोक्नु होला । 
 
तर भोजपुरको टेम्के मैयूँ गाउपालिकाको वडा नं ३, दिल्पा चनौटेका ७२ वर्षीय पदमप्रसाद निरौला भने तीनमुरी अथवा ६० पाथी धान बोकेर चर्चित मात्रै बन्नुभएको छैन, जीवनभरीका लागि ‘तीनमुरे बाजे’ नाम पनि कमाउनुभएको छ । विसं २००२ भदौमा जन्मनुभएका उहाँलाई गाउँघरतिर निरौला ठूले भन्ने गरिए पनि ‘तीनमुरे’ उपनामबाट सबैतिर चिनिनुहुन्छ । उहाँलाई धेरैले तीनमुरे बाजे भनेर सम्बोधन गर्छन् । 
 
पन्ध्र–बीस पाथी बोक्दै थला पर्ने हामीलाई तीनमुरी धान बोक्ने मानिस कस्तो होला भनी आश्चर्य लाग्न सक्छ र कल्पना गर्न पुग्छौं, ठूल्ठूला हातखुट्टा भएका, अग्ला र मोटाघाटा । तर उहाँ सामान्य मानिसभन्दा न मोटो हुनुहुन्छ न अग्लो । उहाँको बल भने बेजोड छ । तीनमुरे बाजे भनेर उहाँको नाम कसरी रहन गयो त रु यसबारेमा जान्न खोज्दा उहाँले भन्नुभयो –
“दिल्पाको मेस्माङमा कृपाराम सुब्बा ९कृपाराम राई० को खेतको खलामा धान झाँटिरहँदा कृपारामसँगै कुरैकुरामा मैले तीनमुरी धान बोक्न सक्छु भने तर उहाँले पत्याउनुभएन ।
 
उहाँले मसँग ‘मैले अस्ति १ मुरी कोदो बोक्दा झण्डै टाउको कुच्चिएको, तिमीजस्ता मरन्च्याँसे बाहुनले कहाँबाट सक्छौ तीनमुरी धान बोक्न रु’ भन्नुभयो ।” निरौला ठूलेले पनि केही समय अघि दिल्पाकै खोङ्टाङबाट लगभग दुई घण्टाको बाटो दुई मुरी ९चालीस पाथी० धान बोकेर ल्याउनुभएको रहेछ र त्यो हलुकै लागेकाले अझै एकमुरी थपेर बोक्न सक्छु जस्तो उहाँलाई लागेको रहेछ । 
 
तीनमुरी बोक्न सक्छु भनेपछि कृपारामले अविश्वास गरी ‘लु बाजी राखौँ न त’ भन्नुभएको रहेछ । कृपाराम सुब्बा त धनीमानी मान्छे भएकाले जति पनि बाजी राख्न सक्नुहुन्थ्यो तर निरौला ठूले भने गरिब श्रमजीवी भएकाले त्यसबखत साथमा भएको पाँच रुपैयाँको मात्रै बाजी राख्नुभएछ । उहाँका अनुसार यो कुरा विसं २०२२–२४ सालतिरको हो र त्यतिखेर उहाँ त्यस्तै २०÷२२ वर्ष उमेरको हुनुहुन्थ्यो । कृपारामले ‘यिनले सक्दैनन्, म यिनको पैसा खाइदिन्छु’ भन्नुभएको रहेछ । 
 
शर्तअनुसार उहाँले तीनमुरी धानका बोरा मेस्माङमा कृपाराम सुब्बाको आँपको फेदको खलोबाट कृपारामको घर ९उकालो हिँडदा १५ मिनेट लाग्ने, भारीसँग आधी घण्टा वा उस्तै मानिसलाई त एक घण्टा पनि लाग्न सक्ने० पु¥याउनुपर्ने रहेछ । उहाँले त्यो खलाबाट तीनमुरी धानका दुई वटा बोरा ९३०÷३० पाथीका० बोकेर उकालो लागी घरसम्म पु¥याउनु भएछ । 
 
बीचमा बिसाउन पाउने भएपनि थचक्क बिसाउँदा फेरि उठाउन नसकिने डरले उभी उभी टेकाउनुहुँदो रहेछ । उहाँले त्यसरी नौ ठाउँमा टेकाउनु भएको रहेछ । त्यसरी लगभग डेढ घण्टामा शर्त अनुसारको भारी पु¥याउँदा सबै खेताला र घरका मानिस आश्चर्यचकित भएछन् । यसरी धानका बोरा घर पु¥याएपछि कृपाराम सुब्बाले चकित हुनुभयो र शर्त अनुसारको रु ५ दिनुभयो । त्यसबेला रु ५ को कति महत्व रहेछ भने उहाँले त्यसबाट दुइमाना तेल किनी भोलिपल्ट सेलरोटी पकाएर खानुभएछ । 
 
त्यसबखत गरीब परिवारमा रोटी पकाएर खानु भनेको कुनै चाडपर्व, धार्मिक कार्य वा ६ महिना वर्षदिनमा मात्र जुर्ने एक दुर्लभ अवसर हो । तीनमुरी धान हिजोआजको नापतौल अनुसार कति किलो हुन्छ भन्ने प्रश्नको जवाफमा उहाँले एक मुरीमा लगभग ५५ किलोग्राम हुने बताउनुभयो । यसअनुसार तीनमुरी भनेको हालको १६५ किलोग्राम हुनेरहेछ । यसरी एक मरन्च्याँसे मान्छेले अकल्पनीय भारी बोकेपछि सबै आश्चर्यचकित भै त्यसदिनदेखि नै उहाँलाई ‘तीनमुरे बाजे वा तीनमुरे बाहुन’ भन्न थालेका रहेछन् । 
 
उहाँले के त्यत्रो भारी बोक्नुभएकै हो त भनी प्रश्न गर्दा टेम्के मैँयु वडा नं ३, बाहुनगाउँकै बासिन्दा ७० वर्षीय वेदनिधि अधिकारीले भन्नुभयो, “त्यस मेलामा म नगएको भएपनि उहाँले बोकेकै हो भनी त्यसैबेलादेखि चर्चा हुन थालेको हो ।” टेम्के मैँयू ३, बाहुनगाउँकै बासिन्दा र हाल एक ख्याति प्राप्त व्यावसायिक किसान ७६ वर्षीय विष्णुप्रसाद अधिकारी भन्नुभयो, “उहाँले यस क्षेत्रका ख्यातिप्राप्त र धनीमानीमा गनिने बालाजित राईका छोरा तथा मालपोतका सुब्बा कृपाराम राईको खलामा दाइँ गरेपछि ३ मुरी धान घर पु¥याइदिएको कुरा सत्य हो । 
 
उहाँले सो भारी दुईवटा धोक्रामा एक किलोमिटर माथि लगभग डेढ घण्टामा घरमा पु¥याएका हुन् । म आफू त्यहाँ नभएपनि यसै क्षेत्रका नारद चौलागाईं ९सो खेत अधियाँमा कमाएका० तथा लक्ष्मण चौलागाईं त्यस मेलामा गएका थिए ।” उहाँले त्यस बखतको रु ५ को धेरै मूल्य हुने पनि बताउनुभयो । निरौलाले त्यस बखत घरमा धेरै दुःख भएको, आमा आफू ८ वर्षको हुँदै बित्नुभएको र बुबा पनि २०१६–१७ सालतिर बित्नुभएकाले भाइबहिनी पाल्नुपर्ने अवस्थाले निकै मेहनत गर्नु परेको विगत सुनाउनुभयो । 
 
चार छोरा र एक छोरीका बाबु निरौलाकी पत्नी पनि जेठो छोरा गीताराम डेढ वर्षको हुँदै बितेपछि उहाँले पुनःविवाह गर्नुभयो । अहिले भने उहाँलाई खान लाउन दुःख छैन । हुर्केका छोराछोरीले अब तराईतिर झर्नुपर्छ भनेर आग्रह गरेपनि उहाँ पहाडमै मेहनत गरेर बसिरहनुभएको छ । उहाँका अनुसार अझै पनि गाउँटोलका बाहुन परिवारमा ठूलो कार्यमा निमन्त्रणा गरी भात पकाउन लगाउँदा त्यस्तो कार्य उहाँले सम्पन्न गर्दै आउनुभएको छ ।
 
हालै मात्र पनि ७२ वर्षको उमेरमा विवाह भोजमा पाँचपाथी चामलको भातको खड्कूँलो एक्लैले उचाली काम सम्पन्न गर्नुभएको प्रसंग स्थानीय बासिन्दा अघि सार्छन् । त्यत्तिको बहादुरीको काम गर्ने तपाईं के खानुहुन्थ्यो रु शरीर के कस्तो थियो रु भनी प्रश्न गर्दा उहाँ भन्नुहुन्छ – “मेरो ज्यान यही हो । लगभग पाँच फीट ६–७ इन्च भन्दा बढी अग्लो छैन । तौल पनि ५०–५२ केजी भन्दा बढी हँुदैन । त्यो बेला केही बढी थिएँ कि रु खानपिन पनि सामान्य हुन्थ्यो । 
 
घरमा गरिबी थियो, बुबा आमा हुनुहुन्नथ्यो, भाइबहिनीलाई पाल्नुपथ्र्यो ।” दःुख भएपनि आमाले रामै्र स्याहार गर्नुभएको उहाँलाई स्मरण छ । अझै पनि एक मानाको भात खानसक्ने उहाँको दाबी छ । आफूले त्यसरी भारी बोकेको देख्ने गाउँकै भुर्चोक निवासी यस क्षेत्रका प्रतिष्ठित भीमप्रसाद राई र बस्नेत गाउँका लोकबहादुर बस्नेत रहेको उहाँ सुनाउनुहुन्छ । 
 
दुवैजना भोजपुर बजारबाट घर फर्कँदै गर्दा त्यो देख्नुभएको रहेछ । राईले ‘यसरी त मर्छौ त, छोराछोरी कतिजना छन् रु’ भनी सोधेको स्मरण पनि उहाँसँग छ । यसै सन्दर्भमा धेरै वर्ष अन्नपूर्ण उच्च माविको व्यवस्थापन समितिका अध्यक्ष पनि रहनुभएका भीमप्रसाद राईसँग जिज्ञासा राख्दा उहाँले त्यो घटना आफूले देखेको र ज्यादै गह्रौँ भारी बोकेर विस्तारै हिँडिरहेकामा किन यसो गरेको, अरु बोक्ने मानिस थिएनन् रु भनी सोधेको स्मरण सुनाउनुभयो । 
 
बाजी परेर बोकेको हो भन्ने जवाफ उहाँले पाउनुभयो । खेतबाट आधीबाटो चौतारामा आइपुग्दा निरौलालाई उहाँले देख्नुभएको रहेछ । हाल ८९ वर्ष पुगिसक्नुभएका राईले निरौला निरोगी, फुर्तिला, सहयोगी र इमान्दार मानिस भएको पनि बताउनुभयो । हिजोआज भए निरौला जत्तिका मानिसले कैयौँ पदक र पुरस्कार प्राप्त गरिसक्थे होला तर निरौला भने त्यही रु ५ मै सीमित हुनुभयो । उहाँलाई भारोत्तोलन खेलबारे केही पनि थाहा छैन । 
 
अरु कुनै पुरस्कार पनि पाउनुभएको छैन । गाविसमा भएको लट्ठा तान्ने खेलमा एकपटक भाग लिएको बाहेक कुनै खेलकुदमा भाग लिनुभएको पनि छैन । बलवान् भएर पनि उहाँ गाउँमा गुमनाम बन्नुभएको छ । 

Post Comment

More विचार - विश्लेषन - फिचर

Onair Now Onair Now

Guff Shop

Started at: 16:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 17:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award