विचार - विश्लेषन - फिचर

दुई बिवाह गर्नै पर्ने देश, जहाँ कारण छ यस्तो ..... दुई बिवाह गर्नै पर्ने देश, जहाँ कारण छ यस्तो .....
पौष, २४
विश्वको मानचित्रमा एक ठाउँ यस्तो पनि छ जहा कानुनले नै पुरुषहरु लाई दुई बिवाह गर्न अनिवार्य नियम लगाएको छ ।
 
अर्को अर्थमा तपाईले यस्तो बुझ्दा हुन्छ त्यहाँ एक मात्र बिहे गर्ने पुरुष कानुनी रुपमा अपराधी हुन् । यस कारण पुरुषले नचाहेर पनि एक भन्दा वढि बिहे गर्नै पर्ने बाध्यता हुन्छ । तर कानुनी कुरा यतीमा मात्र सिमित छैन कानुन अनुसार त्यहा कुनै ब्यक्तिको पहिलो श्रीमतीलाई त्यस ब्यक्तिको दोस्रो श्रीमती संग समस्या भयो भने दुबै श्रीमती लाई जेल सम्म जानै पर्ने हुन्छ । 
 
तपाई लाई पक्क पनि विश्वास भएको छैन होला की अहिलेको विश्वमा यस्तो पनि सम्भव होला भनेर । मिडिया रीपोर्टका अनुसार ईरीट्रीया नामक देशमा पुरुषलाई दुई विवाह गर्न निवार्य नियम लगाईएको छ । हाम्रो देशमा एक पुरुषले आर्को बिवाह गर्ने बित्तिकै उस्ले जेल जान पर्छ भने ईरीट्रीयाको कानुन ठ्याक्कै हाम्रो कानुन विपरित छ ।
 
यो देशमा पहिलो श्रीमती हुदा दोस्रो बिवाह गर्न अस्विकार गर्यो भने पुरुषले जेलको हावा खानु पर्ने हुन्छ । र सजाय पनि तपाईले सोचेको एक दुई वर्ष या केही वर्ष होईन यस्तो ब्यक्तिलाई दोस्रो बिवाह नगरेको अपराधमा उम्रकैद सम्मको सजाय हुन सक्छ । जेल जान बाट बच्नको लागी ईरीट्रीयामा पुरुषहरुले् बाध्य भएर पनि दुई बिवाह गर्नु पर्ने हुन्छ । तपाईले यो समाचार पढ्दा ईरीट्रीयाको कानुन गलत हो भन्ने लाग्दा स्वभाविक पनि होला तर ईरीट्रीयाको सरकारले यस कानुन लाई सहि ठहर गरेको छ । 
 
कानुन पक्षको तर्क यस्तो छ 
सरकारको तर्क छकी ईरीट्रीयामा पटक पटक ग्रीह युद्ध भईरहेको हुन्छ । र ग्रीहयुद्धको कारण महिलाहरुलाई एक्लै बस्न निकै खतरा हने गर्दछ । र यसै कारण पुरुषहरु लाई महिलाहरुको रक्षाको लागी भए पनि दुई विवाह गर्न अनिवार्य नियम गरीएको छ । साथै यो देशमा पुरुषको संख्या भने तुलनात्मक रुपमा महिला भन्दा कम रहेको छ ।
 
पुरुषको तुलनामा कहिलाको संख्या कम भएकै कारण महिलाहरु बिवाह नै नगरीकन आजिवन एकल जिवन बस्नु पर्ने बाध्यता आउने सरकारको भनाई छ । त्यस कारणले पनि सरकारले पुरुषहरु लाई दुई विवाह गर्ने पर्ने आदेश दिनु परेको छ । र पुरुषले यो दुई बिवाह गर्न आदेश मानेन भने जेलको हावा खान पर्ने छ । 

Post Comment

More विचार - विश्लेषन - फिचर

Onair Now Onair Now

Nigrani

Started at: 08:05 HRS

Up Next

Nepal Khabar

Starts at: 09:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award