विचार - विश्लेषन - फिचर

बाढीपीडितलाई पौष्टिकयुक्त खाना र स्वस्थ पानीको व्यवस्था मिलाउन माग
काठमाडौँ, ६ भदौ ।
व्यवस्थापिका– संसद्को शून्य समयमा बोल्ने अधिकांश सांसदले तराईमा भएको डुबान र कोशी बाँधका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको बुधबारदेखि हुने भारत भ्रमणका क्रममा गम्भीर छलफल गर्न ध्यानाकर्षण गराउनुभएको छ । 
 
तराई–मधेशमा हालै भएको डुबानबाट सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिक बढी मर्कामा परेकाले उनीहरुलाई पौष्टिकयुक्त खाना र स्वस्थ पानीको व्यवस्था तत्काल मिलाउन पनि उहाँहरुले माग गर्नुभयो । 
 
‘नेपाल–भारतको सीमामा ६४ ठाउँमा भारतले सिमाना मिचेको हुँदा’ प्रधानमन्त्री देउवाको भारत भ्रमणका विषयमा कुरा उठाउन, तराईको डुबानग्रस्त क्षेत्रमा सरुवा रोगबाट महामारी फैलन सक्ने भएको हँुदा सयममै चिकित्सक टोली खटाउन र स्वास्थ्यसम्बन्धी संयन्त्र खडा गर्न सांसदले सुझाव दिनुभयो । 
 
आजको शून्य समयमा केशवप्रसाद बडाल, केदार सञ्जेल, केशरी घर्ती मगर, अनिता देवकोटा, अफिलाल उखेडा, अम्बरबहादुर थापा, अमनलाल मोदी, अम्बिका खवास राजवंशी, अमृतकुमार बोहरा, काशीनाथ अधिकारी, अष्टलक्ष्मी शाक्य, आशा यादव, कमलाकुमारी घिमिरे र कल्पना शर्मा जोशीले भाग लिनुभएको थियो । 
 
बैठकमा सभामुख ओनसरी घर्तीले मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्र पढेर सुनाउनुभयो । बैठकमा उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले शिक्षा ९नवाँै संशोधन० विधेयक, २०७४ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव सदनसमक्ष पेश गर्नुभयो । 
 
बैठकमा पशुपक्षी विकासमन्त्री सन्तकुमार थारुले “नेपाल पशु चिकित्सा परिषद् ९पहिलो संशोधन विधेयक, २०७२ फिर्ता लिन अनुमति माग्ने प्रस्ताव स्वीकृत भएको छ । 
 
वाण्ज्यिमन्त्री मीनबहादुर विश्वकर्माले “वस्तुको प्रत्यक्ष बिक्री ९व्यवस्थापन तथा नियमन गर्ने० विधेयक, २०७४ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची भए पनि मन्त्री विश्वकर्मा अनुपस्थित भएकोले सो कार्य रोकियो । 
 
सोही विषयमा आपत्ति जनाउँदै सासंद विकास लम्सालले संसद्मा विधेयक प्रस्तुत हुँदा सरकारका प्रतिनिधि नहुने घटनाले आश्चर्यचकित तुल्याएको भन्दै यस्तो अवस्थामा सदन कसरी चल्छ भनी प्रश्न गर्नुभएको थियो । त्यसपछि सभामुखले सो कार्यसूची बैठकबाट हटाउँदै अर्को बैठक यही भदौ १२ गते अपराह्न १ बजे बस्ने जानकारी दिनुभयो ।

Post Comment

More विचार - विश्लेषन - फिचर

Onair Now Onair Now

Namaste Kalika

Started at: 07:30 HRS

Up Next

Kalika News Up-Date

Starts at: 08:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award