विचार - विश्लेषन - फिचर

भरतपुरमा पहिलो पटक महिला नेतृ उदयको सङकेत भरतपुरमा पहिलो पटक महिला नेतृ उदयको सङकेत
(अनिल भट्टराई) २२, चितवन
रेणु दाहाल प्रचण्ड पुत्री मात्र होइन उनी आफै रेणु दाहाल हो । विसं २०३३ सालमा पश्चिम चितवन, अहिलेको भरतपुर १४ शिवनगरमा जन्मिएकी रेणुको बाल्यकाल चितवनमै वित्यो । अव केहि कुरा गरौ उनको । अरूलाई अनधिकृत लाभ हुने काम त अर्कै कुरा भो, आफैंले पनि केही लाभ लिइनँ भन्नु अहिलेको समयमा पत्याइ नसक्नुकै कुरा हो । तर उनको जीवनशैली हेर्दा नपत्याइ धर पनि छैन । तैपनि शंका त लाग्छ, कि यस्तो जीवनशैली बनाउँछु भन्ने ‘डिजाइन’ नै हो ? उत्तर पनि उनीसँगै छ, ‘सक्दैन नि । हो, सकेसम्म सुखै काटौं, ऐस आराम गरौं भन्ने सबैलाई लाग्छ । गाडी नै चढौं, आफ्नै घर बनाएर बसौं भन्ने पनि लाग्छ । तर त्यसका लागि मैले पद वा शक्तिको दुरुपयोग गर्न त भएन नि । मैले चाहेको भए रोएर–कराएर पनि गराउन सक्थें । तर मलाई त्यस्तो सुख–सुविधाले आत्मसन्तुष्टि दिँदैन । आत्मसन्तुष्टि नै नदिने सुख–सुविधा के काम !’ कुरा चित्त बुझ्दो नै छ उनको । अवसर नपाएर ‘लो प्रोफाइल’मा बस्ने त हुन्छन् नै, अत्यन्तै उच्च अवसर पाएर पनिे आदर्श कायम राख्ने असाध्यै कम राजनीतिकर्मीमा पर्छिन् रेणु आजसम्म । उनी आफैं पनि त्यस्तै कामना गर्छिन् । भन्छिन्, ‘जोसँग भेट हुँदा पनि प्रचण्डको छोरी भएर कति सिम्पल, घमण्ड–तडकभडक छैन भन्छन् । त्यो सुन्दा सारा सुख–सुुविधाले दिएको आनन्दभन्दा बढी आनन्द लाग्छ । यही आदर्शलाई कायम राखिराख्न सकूँ भन्ने लाग्छ ।’
दोस्रो संविधानसभाको चुनावमा काठमाडौं क्षेत्र नं. १ बाट एकीकृत माओवादीकी उम्मेदवार थिइन् उनी । उनको सोच त चितवनबाट उम्मेदवार बन्ने थियो, तर काठमाडौंमा सक्रिय मान्छे चितवन जाँदा गलत सन्देश जाने भन्दै पार्टीले काठमाडौंमै उठायो । उनलाई जितुँला भन्ने त लागेको थिएन, तर पनि पार्टीको माहौल देख्दा निराश पनि थिइनन् । तर चुनावसम्म पुग्दा माहौलको अनुमान फेल खायो, देशैभर अनपेक्षित परिणाम आयो । उनी पनि हारिन् । आफ्नो कमजोर संगठन भएको क्षेत्रमा प्रभावशाली नेता प्रकाशमान सिंहसँग हार्नुलाई उनले कुनै हार मानेकी छैनन् । त्यसमा पनि काठमाडौं जिल्लाभर माओवादीको दोस्रो हुने उनी नै थिइन् । त्यसैले उनलाई हारले कुनै तनाव दिएन । तर बिस्तारै उनलाई आफ्नो पुस्ताको कार्यभारलेचाहिँ तनाव दिइरहेको छ ।
 
‘पहिलो पुस्ताले जे गर्यो, दायित्व पूरा गर्यो । राजतन्त्रको अन्त्य गर्यो, समानताको लागि लड्यो, संघीयता, धर्म निरपेक्षतालाई स्थापित गर्यो । हामीभन्दा अघिल्लो पुस्ताले आन्दोलन नगरेको भए, जनयुद्ध नगरेको भए यो सम्भव थिएन । अबको पुस्ताले बाँकी कार्यभार पूरा गर्नुपर्ने हो’, उनी आफ्नो पुस्ताको उत्तरदायित्वबारे प्रष्ट छिन् । तर किन–किन त्यसतिर आफ्नो पुस्ता उद्दत नभइरहेको यथार्थबाट तर्सिरहेकी पनि छिन् । दोस्रो पुस्तामा देखिएको राजनीतिक लाभको होडबाजी, व्यक्तिगत लाभको लडाइँ, क्षणिक स्वार्थको रोमान्स उनले देखिरहेकी छिन् । ‘अहिले पनि अगुवाइ पहिलो पुस्ताले नै गरिरहेको छ, दोस्रो पुस्ताले जिम्मेवारीपूर्वक नेतृत्व सम्हाल्न सकेको छैन । केवल सहयोगीको भूमिकामा मात्रै देखिन्छ । अबको पुस्ता यसमा गम्भीर हुनुपर्छ’, उनलाई लागेको छ ।
 
अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव दाहाल ०६१ सालमा माओवादीको रोल्पा जिल्लाको सहइञ्चार्जको भूमिका निर्वाह गर्नु भएको थियो। माओवादी शान्ति प्रक्रियामा आएपछि भने उहाँ काठमाडौं सचिव हुनु भएको थियो। ०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ मा चार हजार ६ सय मत ल्याउनु भएकी रेणुले अहिले भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनु भएको हो। केन्द्रिय सहमति अनुसार 
अहिले भरतपुर महानगरपालिकामा माओवादीले मेयर र कांग्रेसले उपमेयरमा सहमति गरेका छन् । मेयरमा रेणु दाहाल र उपमेयरमा पार्वती शाह चुनाव लड्ने भएका छन् ।भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसका मेयरका आकांक्षी दिनेश कोइरालाको उम्मेद्वारी फिर्ता भएको छ । त्यहाँ कांग्रेसले माओवादीकी मेयर उम्मेदवार रेणु दाहाललाई सघाउने सहमति भएको छ । केहि असन्तुष्टिसगै तालमेलले सफलता लिएमा नेपालको इतिहासमा भरतपुरले महानगर हुने वित्तिकै पहिलो पटक महिला नेतृ पाउने निश्चित छ । यसकारण निश्चित भयो कि नेपाली काङग्रेसको राम्रो पकड रहेको पश्चिम चितवनमा रहेका भरतपुर महानगर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको गृह महानगर भएकाले केहि न केहि कार्यकर्ता त पक्कै होलान् ।
त्यसो त रेणु दाहाल आफूलाई नेता दावी गर्दिनन् । आफैंलाई मूल्यांकन गर्छिन् र भन्छिन्, ‘बुबाले क्रान्ति र परिवर्तनको नेतृत्व गरिरहनुभएको छ । त्यसैले क्रान्तिकारीहरू सबैको आदर्श हुनुहुन्छ । त्यसैले मलाई कता–कता दवाव अनुभूति हुन्छ । तर म सामान्य कार्यकर्ता हुँ ।’राजनीतिमा पारिवारिक ‘लिगेसी’लाई धान्दै वा त्यही आधारमा तान्दै नेतृत्व निर्माण गर्ने प्रचलन पनि नभएको होइन । ‘तर त्यस्तो प्रचलन त राजतन्त्रसँगै मृत भइसकेको छ, अब पनि त्यस्तै सोच्नुको के तुक ?’, रेणुको जवाफ छ । 
 

Post Comment

More विचार - विश्लेषन - फिचर

Onair Now Onair Now

Namaste Kalika

Started at: 07:30 HRS

Up Next

Kalika News Up-Date

Starts at: 08:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award