विचार - विश्लेषन - फिचर

कहाँ गए भँगेरा र चिबे कहाँ गए भँगेरा र चिबे
राम केसी
चौतारा, २५ माघ ।
बढ्दो आधुनिकीकरण र खेतीपातीमा विषादी प्रयोगका कारण विस्थापित हुँदै गएपछि सहर तथा गाउँघरमा भँगेरा र चिबे चराको चिरबिर सुनिन छाडेको छ । वासस्थान र आहारा अभावले गर्दा झन्डै एक दशकदेखि सहरबाट मात्र नभई गाउँघरबाट पनि ती चरा क्रमशः विस्थापित हुँदै जान थालेको हुन् । कतिपय चरा मानिसकै आसपास बस्न रुचाउने स्वभावका हुने गरेका छन् । चराले मानिसका शत्रु मात्र नभई मित्रको भूमिका समेत निर्वाह गर्दै आएका छन् । उनीहरुले अन्नलाई नोक्सान पु¥याउने किराफट्याङ्ग्रा खाएर अन्नबालीको नोक्सानीलाई रोकथाम समेत गर्दै आएका छन् । 
 
“रातको प्रथम प्रहारमा भालेबास्नुअगावै चिबे चराको स्वर सुनिन्थ्यो”, सिन्धुपाल्चोक, चौतारा नगरपालिका–९ का एकेन्द्रबहादुर श्रेष्ठ बताउनुहुन्छ – “अब त चिबेचरा देख्न नपाएको पनि लामो समय बितिसक्यो ।” “गाउँघरमा कुखुराको चल्ला लाने चिललाई सानै भए पनि चिबेले लखेटेर हायलकायल पार्ने गरेको दृश्य अब त स्मृतिमा मात्र सीमित रहेको अर्का स्थानीयवासी जगतबहादुर श्रेष्ठ बताउनुहुन्छ ।” 
 
“केही वर्ष अघिसम्म आँगनमा धान, कोदोको बिस्कुन सुकाउँदा भँगेराबाट जोगाउन गोठालो नै लाग्नुपथ्र्यो”– स्थानीयवासी वृद्धा टीकालक्ष्मी भन्नुहुन्छ– “अब त भँगेरा र चिबेचरा देखिनै छाड्यो । यस्तै हो भने पछिल्लो पुस्ताले ती चराको बारेमा थाहा पाउन पनि गाह्रै होला ।” 
 
भँगेरा बस्ने पुराना घरको बदला आधुनिक घर बन्न थालेपछि वासस्थानको अभाव हुन थालेको छ । खेतीपातीमा पनि बढी मात्रामा विषादी प्रयोग हुन थालेपछि किराफट्याङ्ग्रा नासिएर आहाराको अभावले पनि ती चरा विस्थापित हुन थालेको वरिष्ठ चराविद् डा हेमसागर बरालले बताउनुभयो । 
 
पुराना घरमा सारौँ र भँगेराले गँुड बनाउने कठप्वाल हुन्थ्यो । अब त सहर बजारमा मात्र नभई गाउँघरमा पनि पुराना घर प्रायः समाप्त भइसकेका छन् । सोही कारण भँगेरा र सारौँ मात्र नभई परेवा र मलेवा समेत गाउँघरबाट क्रमशः विस्थापित हुन थालेका छन् । “पहाडमा पनि परम्परा घरको बदला सिमेन्टेड आधुनिक घर निर्माण हुन थाले” डा बराल भन्नुहन्छ –“किसानले धानकोदो लगाउनै छाडेपछि बिस्कुन सुकाएको देखिनै छाडेको छ । 
 
बास र आहारा नपाएपछि ती चरा आफ्नो ठाउँबाट क्रमशः विस्थापित भएर अन्यत्र जान थालेका हुन् । युवा कोही ठूला सहर र कोही विदेश पलायन हुन थालेपछि कामदारको अभावमा कतिपय जमिनमा धान कोदोको बदला फलफूल तथा तरकारीखेती हुन थालेका छन् । त्यस्ता बालीमा अत्यधिक विषादी प्रयोग ह्ुन थालेपछि किराफट्याङ्ग्रा निर्मूल भई चराको आहाराको पनि अभाव भएको हो । “चिबे र भँगेरा लोप भएकै त भन्न मिल्दैन”, डा बराल भन्नुहुन्छ–“यसबारेमा अध्ययन अनुसन्धान हुनुपर्ने हो, तर हुन बाँकी नै छ ।” 
 
नेपाल पक्षी संरक्षण सङ्घ ९बिसिएन० का चराविद् ज्योतेन्द्र ठकुरी पनि आहारा र वासस्थानकै अभावमा भँगेरा र चिबेचरा लोप हुन थालेको धारणा राख्नुहुन्छ । अन्य चरा अहिलेसम्म मौजुद भएका ठाउँमा यी दुई जातका चरा लोप हुनाको कारण पत्ता नलागेको बताउँदै ठकुरीले भन्नुभयो–“यसबारेमा काठमाडौँमा अध्ययन सुरु भइसकेको र नतिजा आउन बाँकी छ भने अन्य जिल्लामा अनुसन्धान सुरु भएको छैन ।” रासस 

Post Comment

More विचार - विश्लेषन - फिचर

Onair Now Onair Now

Kalika News Update

Started at: 14:00 HRS

Up Next

Sweet Home

Starts at: 14:10 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award