विचार - विश्लेषन - फिचर

सडक जामले आयोजनाको काममा ढिलाइ
काठमाडौँ, २७ माघ । 
मेलम्ची खानेपानी आयोजनाको सुरुङ र पानी प्रशोधन केन्द्र निर्माणस्थलमा सामग्री लिएर हिँडेका सवारीसाधन गोकर्णमा सडक जाममा पर्दा काममा ढिलाइ हुन थालेको छ । 
 
गोकर्णमा सडक साँघुरो भएकाले ठूला सवारीसाधन गुड्दा जाम हुन थालेको हो । गोकर्णेश्वर महादेव मन्दिर माथिको सडक साँघुरो भएकाले घन्टौँ जाम हुने गरेको मेलम्ची खानेपानी विकास समितिका इन्जिनियर माधव नेपालले बताउनुभयो । 
 
जामले गर्दा सार्वजनिक सवारीसाधन समेत जाममा परी यात्रु मर्कामा पर्ने गरेका छन् । “सवारी जामले गर्दा कार्यालय जानै ढिला हुने गरेको छ”– स्थानीय केशवप्रसाद भण्डारीले गुनासो गर्नुभयो । 
 
जोरपाटीदेखि सुन्दरीजल सडकका विभिन्न स्थानमा खाल्डाखुल्डीले गन्तव्यमा समयमा पुग्न नसकिने समस्या रहेको इन्जिनियर नेपाल बताउनुहुन्छ । “जसले गर्दा आयोजनाका काममा समस्या परेको छ”– इन्जिनियर नेपालले भन्नुभयो । 
 
सडक सुधार गर्न आयोजनाले रु चार करोड छुट्याए पनि गोकर्णेश्वर मन्दिर माथिको सडक साँघुरो भएकाले मर्मत गर्दा पनि समस्या समाधान नहुने अवस्था रहेको उहाँ बताउनुहुन्छ । 
 
सुन्दरीजलमा खानेपानी प्रशोधन केन्द्रसमेत निर्माण भइरहेकाले काम छिटो गर्न सडक जाम हुने समस्या समाधान गरिने समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले बताउनुभयो । “यो समस्या समाधान नगरे आयोजनाकै काममा असर पर्ने देखिएकाले आयोजना गम्भीररुपमा अगाडि बढ्न लागेको छ”– उहाँले भन्नुभयो । रासस 
 

Post Comment

More विचार - विश्लेषन - फिचर

Onair Now Onair Now

Kun Geet Sunau

Started at: 19:20 HRS

Up Next

Nepal Darpan

Starts at: 20:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award