विचार - विश्लेषन - फिचर

लोकगितको दुनियामा गायक गुरुङ्गः जिवनी

– लक्ष्मी पौडेल

शकंर ‘बिरही’ गुरुङ, नेपाली लोक संगितमा चर्चीत युवा नाम हो । २०३३ साल अशोज १ गते पिता पिताम्बर गुरुङ र माता हरिकला गुरुङ्गको कोखबाट मनकामना–४, आरुखर्क स्याङ्जामा जन्मिनु भएका गायक गुरुङको नयाँ लोकदोहोरी गीति एल्बम ‘कालीगण्डकी र सालैजो’ आकृति म्यूजिक मार्फत अहिले बजारमा आउने तयारीमा छ ।

उहांले यस भन्दा अगाडि लोकदोहोरी एल्बम “लाग्न थाल्यो आश”, “खोलि तरौंला”, “सालैजो”, “फोनै आएन” र ‘आउंदैन र झल्को’ बजारमा ल्याईसक्नुभएको छ ।

अग्रज लोकदोहोरी कलाकारहरुबाट लोकदोहोरी गीतहरु रेडियो नेपालमा सुनेर आफू पनि उहाँहरुले जस्तै रेडियोमा गाउने धोको बनाउनु भएका ‘बिरही’ ले रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र पोखराबाट आउने देउराली कार्यक्रममा पहिलो पटक लोकगीत गाएर यस क्षेत्रमा प्रवेश गर्नुभएको हो ।

हाल उहाँ लोकदोहोरी गीतको संरक्षणमा काम गर्ने संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकीको उपाध्यक्ष पदमा रहेर लोकदोहोरी गीतको संरक्षणमा लागि पर्नुभएको छ । त्यसैगरी उहाँ हिल प्वाईन्ट उच्च माध्यमीक बिद्यालय माटेपानी पोखरामा लेखा शिक्षक तथा कम्प्यूटर प्रशिक्षकको रुपमा कार्यरत हुनुहुन्छ । गुरुङको शैक्षिक पाटो हेर्ने हो भने उहाँले व्यवस्थापन संकायमा स्नातकोत्तर गरीसक्नु भएको छ ।


लोक दोहोरी क्षेत्रमा छोटो समयमा धेरै नै चर्चा बटुल्न सफल गुरुङ्ग बहु प्रतीभाका धनी हुनुहुन्छ । सबै संग मिलनसार र आत्मीय व्यबहार गर्न सक्ने गुरुङ्गलाई धैर्यता र सहनशीलताका प्रतीमुर्ती भन्दा अत्योक्ती नहोला । २८ बर्षको उमेरमा २०६१ सालमा नै पहिलो लोक दोहोरी गिती एल्बम लाग्न थाल्यो आश बजारमा ल्याउन सफल हुनुभएका उहा“ त्यसभन्दा अघि १९ बर्षको उमेरमा २०५२ सालमा लुम्बिनी बाणिज्य क्याम्पस बुटवल मा भएको अन्तर क्याम्पस स्तरीय लोक गीत प्रतियोगितामा द्धित्तीय बन्न सफल हुनुभयो ।

त्यसको एक बर्ष पछी बुटवलमै भएको राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा प्रथम हुनुभयो । यस्तै २०५४ सालमा बाग्लुङमा भएको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता तथा रेयुकाई नेपाल बुटवल शाखाले आयोजना गरेको लोक गीत प्रतियोगितामा पनी द्वितिय बन्नुभयो ।

अन्य थुप्रै प्रतीयोगीताहरुमा पुरस्कृत तथा सहभागी बन्न सफल शंकर "बिरही" गुरुङ २०५७ साल पछी भने कुनै प्रतीयोगिताहरुमा भाग लिनुभएको छैन् । बिरही ले २०६७ सालमा बजारमा ल्याउनुभएको उत्कृष्ट लोक दोहोरी गित "खोली तरौंला फेरी भेट होला की मायालाई यसै मरौला" लोक दोहोरी जगतमा चर्चाको शिखर चुम्न सफल भएको थियो । नेपाली स्रोताको मन मनमा बास बस्न सफल सुमधुर स्वरका धनी बिरही अझै पनी नयाँ नयाँ लोक दोहोरी गित बजारमा ल्याउने सुरमा हुनुहुन्छ । २०६८ सालमा बजारमा आएको “फोनै आएन अनी "सालैजो लोक तथा दोहोरी गीति एल्बम” एल्बमले उहाँलाई थप उचाईमा पुर्‍याएको थियो । सोही सालमा “आउँदैन र झल्को, छिनछिन बज्यो चुरा दोहोरी गीति एल्बम” बजारमा ल्याएर एक सफल र कर्तव्यनिष्ठ सर्जक भएर आफुलाई स्थापीत गर्न सक्षम गुरुङ्ग राष्ट्रिय रुपमा संगित जगतमा उर्लदो छाल भएर उभिनुभयो ।

अनवरत लोक गितमा आवाज दिएर आफुलाई निखार्न तत्पर ‘बिरही’ ले पुनः २०६९ सालमा फोटो हेरेनी बोलको दोहोरी गीति एल्बम बजारमा ल्याउनुभयो । मन बुझ्दैन फोटो हेरेनी, टाढा भईयो भनी मन नदुखाउ फेरी भेट हुम्ला केरे नी बोलको गित अहिले पनी उत्तीकै चर्चीत छ । बिरही अहिले सम्म कार्यक्रमको शिलशिलामा हङकङ, अष्ट्रेलीया, तथा भारतको सिक्कीम, दार्जेलिङ, कालीमपोङ लगायतका स्थानमा भ्रमण गरीसक्नु भएको छ । आना उत्कृष्ट सांगीतीक कोशेली सहित सुमधुर स्वरसंगै बिदेशमा रहेका नेपाली हरुलाई सालैजो र नेपाली भाकामा झुलाउने बिरही प्रवासी नेपालीमाझ आस्थाको केन्द्रबिन्दु बन्नुभएको छ ।

स्याङजामा जन्मेर हाल कास्कीको माटेपानी, पोखरामा अस्थायी बसोबास गर्दै आउनुभएका उहा सप्तरंगी सा“स्कृतिक प्रतिष्ठान नेपाल पोखराका आजीवन सदश्य हुनुहुन्छ । अनुशिलन संगीत पाठशाला पोखरा, र सा“स्कृतिक परिवार पोखराका सल्लाहकार समेत रहनुभएका उहाँ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अञ्चल कार्य समिति गण्डकीका बरीष्ठ उपाध्यक्ष समेत रहनुभएको छ ।

उहाँले राजधानीमा आफ्नै लगानीमा आकृती म्युजिक प्रा ली सञ्चालनमा ल्याउनुभएको छ । आकृती म्युजिक प्रा ली बाट बजारमा आएका थुपं्रै गित संगितले यतीबेला श्रोता तथा नेपाली लोकसंगितका पारखीहरुको मन जितीरहेका छन् । २०५७ साल बैशाख १६ गते की स्याङजाकै युमाया गुरुङ्गसंग बैबाहीक बन्धनमा बाधीनु भएका गुरुङका ११ बर्षीय एक छोरा आषीष र ३ बर्षकी एक छोरी आकृती छन् । र उनै छोरी आकृतीको नाममा नै आकृती म्युजीक प्राली नामक म्युजीक कम्पनी सञ्चालनमा आएको हो ।

संघर्षको भिडबाट सबैलाई उछीनेर आफ्नो छुट्टै पहिचान कायम गर्न सफल स्याङजाली कलाकार शंकर ‘बिरही’ गुरुङ स्याङजाको मात्र नभई देशकै प्रतीभाशाली व्यक्तीत्वका रुपमा स्थापीत भैसक्नुभएको छ । युवा अवस्थामै आफ्नो सम्पुर्ण जिवनलाई फरक पहिचान दिन सफल गुरुङलाई अझै पनी सफलताको शुभकामना । प्रगतीको पथमा लागेका यि पाईलालाई सम्मान अनि सबैको मनमा डेरा जमाएका यि सर्जकलाई सबै लोकगित पारखीको तर्फबाट सलाम ! सलाम !! सलाम !!!

Post Comment

More विचार - विश्लेषन - फिचर

Special Programs

Kalika Events

  • 12th Music Award