विचार - विश्लेषन - फिचर

छपन्न वर्षको उमेरमा ठेला चलाएरै गुजारा
भीमदत्तनगर, २५ माघ ।
युवा अवस्थामा मेहनत गरेर कमाएको सम्पत्तिले बुढेसकालमा जहान परिवारसँगै रमाएर बाँकी जीवन व्यतित गर्ने जो कोही मानिसको धोको हुन्छ । तर महेन्द्रनगरका गोपाल दमाईं उमेरले ५५ काटिसकेर पनि ठेलाकै भरमा यतिखेर जीवन चलाइरहनुभएको छ । 
 
कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीका ५६ वर्षीय दमार्इं महेन्द्रनगरकै जेठा ठेला चालक हुन् । उहाँ २७ वर्षदेखि निरन्तर ठेला चलाउँदै आउनुभएको छ । बुढेसकालको ताकतका भरमा कडा परिश्रम गरेर उहाँले ठेला चलाएरै जीवन व्यतित गर्दै आउनुभएको छ । उहाँ महेन्द्रनगरमा ‘गोपाल दाई’ को नाउँले परिचित हुनुहुन्छ । कपाल पूmलेर गालामा चाउरी परिसकेका दमाईले ठेलामा दैनिक चार÷पाँच क्विन्टल सामान ढुवानी सजिलै गरिरहनुभएको छ । 
 
उहाँ भन्नुहुन्छ, “अझै २० वर्ष ठेला तानेर जीवन धकेल्न सक्छु ।” उमेरले थलापर्ने अवस्थामा पु¥याए पनि गोपालको जोसजाँगर देखेर महेन्द्रनगरका सर्वसाधारण चकित नै पर्ने गरेकाछन् । ५६ वर्षको उमेरमा पनि गुजारा गर्ने माध्यम उही ठेला नै छ । डोटीको दीपायल पुख्र्यौली घर भएका दमाईं २०४३ सालमा धनगढीको पूmलबारी बसाइँ सरेका हुन् । आर्थिक अवस्था कमजोर हुँदा धनगढी बसाइँको एक वर्षमै दम्पती र तीन छोरीसहित महेन्द्रनगर आइपुग्नुभयो । 
 
महेन्द्रनगर बसाइँ सरेकै महिनादेखि गोपाल नगरपालिकाको खैरभट्टीमा जेठा बुबाकहाँ आश्रय लिएर बस्नुभयो । २०४४ सालमा गोपालले महेन्द्रनगरका पदम महताको ठेला भाडामा लिएर मजदुरी सुरु गर्नुभयो । २७ वर्षदेखि ऊर्जावान समय ठेला तान्नमै गुजारेका गोपाललाई बुढेसकालले भेटिसकेको छ । तर उहाँको जोसजाँगर भने अझै तन्नेरीसरह नै छ । 
 
सुरुवातका आठ वर्ष प्रतिदिन साहुलाई रु २५ दिएर उहाँले ठेला भाडामा लिएर चलाउनुभएको थियो । “मैले नै महेन्द्रनगरमा ठेला चलाउन सुरु गरेको हुँ”, उहाँले भन्नुभयो– “पछि ५४ जनासम्म पुगेका थिए ।” तर अहिले १५ जना जति मात्र ठेला चालक महेन्द्रनगरमा रहेका छन् । “दशकअघिसम्म दिनमा रु ८०० देखि रु ९०० सम्म कमाइ हुन्थ्यो ।” ठेला चालक दमाईं भन्नुहुन्छ– “अब पहिलेको जस्तो कमाइ रहेन ।” आफूसहितको तीन पुस्ताको गुजारा ठेलाबाटै चलाउँदै आएका गोपाल हिजोआज दैनिक रु ४०० देखि रु ५०० सम्म कमाउने गरेको बताउनुहुन्छ । 
 
“दुई दशकअघि महेन्द्रनगर बजार सानो भए पनि काम धेरै पाउथ्यो”, उहाँले भन्नुभयो– “अहिले त मुश्किलले गुजारा भइरहेको छ ।” “पूरै जिन्दगी ठेलामै गुजारेँ ।” दमाइँले भन्नुभयो– “अहिलेका तन्नेरीले त दुई तीन घन्टा पनि ठेला चलाउन सक्दैनन् ।” 
 
ठेलामा सरिया, सिमेन्ट, बालुवा, घरायसी सामान, टेन्ट हाउसका सामान ढुवानी गरेबापतको पैसाले उहाँले घरको खर्च चलाउने गर्नुहुन्छ । दुई छोरा भए पनि गोपाल उनिहरुवाट भने त्यति सन्तुष्ट देखिनुभएको छैन । “तीन छोरीको ठेलाकै कमाइले विवाह गरिसकेँ ।” उहाँले भन्नुभयो– “छोराहरुले कमाउन त्यति साथ दिएनन् ।” “नातिनातिनासहित आठजनाको परिवार अहिले पनि मेरै कमाइले बाँचेको छ”, उहाँले भन्नुभयो । 
 
युवा अवस्थामा ठेलामा नौ क्विन्टलसम्म सामान ढुवानी गरेको अनुभव उहाँले सुनाउनुभयो । “अहिले त चार÷पाँच क्विन्टलसम्म मात्रै बोक्न सक्छु ।” उहाँले भन्नुभयो– “पहिले २२ किलोमिटरसम्म ठेला तानेरै सामान ढुवानी गर्थें ।” आफूले सुरु गरेको समयका एकजनामात्रै महेन्द्रनगरमा ठेलाबाटै गुजारा गरिरहेको उहाँले बताउनुभयो । “धेरै साथीहरु बितिसके, केही पयालन भए”, उहाँले भन्नुभयो– “अरु साथीहरु थला परिसकेका छन् ।” तर उहाँ थाक्नुभएको छैन् । 
 
“यो ठेला म आफँैले बनाएको हुँ”, ठेला देखाउँदै उहाँले भन्नुभयो– “सुरुमा ठेलाकै चक्का हालेको थिएँ, पछि धेरै पञ्चर हुन थालेपछि मोटरसाइकलको चक्का हाले ।” स्वास्थ्यले झैँ ठेलाले पनि गोपाललाई २०४७ सालदेखि साथ दिएको छ । ठेला चलाउन सुरु गरेको एक वर्षमै आफूले सालघारीमा रु १५ हजारमा आधा कट्ठा घडेरी खरिद गरेको उहाँले बताउनुभयो । 
 
“पहिलो सालकै कमाइले घडेरी किने”, उहाँले भन्नुभयो– “पछि परिवार बढ्दै गयो, कमाइजति पालनपोषणमै खर्च हुनथाल्यो ।” बुढेसकालमा समेत ठेलालाई नछाडेका गोपाल भन्नुहुन्छ– “मैले ठेला चलाउन छाडे बिरामी हुने डर लाग्छ ।” निरन्तर परिश्रम गरिरहे स्वास्थ्य पनि तन्दरुस्त हुने उहाँको भनाइ छ । रासस 
 

Post Comment

More विचार - विश्लेषन - फिचर

Special Programs

Kalika Events

  • 12th Music Award