विचार - विश्लेषन - फिचर

म्याद सकिएका अखाद्य वस्तुमा कडाइ
धुन्चे ९ रसुवा, २५ माघ ।
म्याद सकिन लागेका अखाद्य वस्तु बिक्री वितरण हुन थालेपछि चेकजाँचमा कडाइ गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला अनुगमन समितिका अध्यक्ष गौतम रिमालका अनुसार म्याद सकिन लागेका र सकिएका उपभोग्य वस्तु होलसेलका नाउँमा मोटरबाटै बिक्री वितरण हुन थालेकाले त्यस्ता सामान नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरी चेकपोष्टमार्फत कडाई गरिएको हो । 
 
बजार अनुगमन कार्य तीव्र पारी स्थानीय बजारमा भेटिएका लगभग रु १२÷१५ हजार बराबरको अखाद्य वस्तु नष्ट गरी सचेत गराउँदागराउँदै पनि व्यवसायीहरुले म्याद सकिन लागेका र सकिएका अखाद्य वस्तु रसुवा भित्र्याउने क्रम बढेको पाइएकाले त्यस्ता व्यवसायीलाई कारबाही प्रक्रिया अगाडि बढाउन चेकजाँचमा कडाइ गरिएको बताइएको छ । 
 
सोझासाझा ग्रामीण समुदायले उपभोग गर्ने दैनिक उपभोग्य वस्तु गुणस्तरको भित्र्याउन आग्रह गर्दै संयोजक रिमालले पहिलो चरणमा सामान नष्ट गरिएको र दोस्रो चरणमा भने व्यवसायीहरुलाई समेत पक्राउ गरी कारबाही गरिने बताउनुभयो । रासस 
 

Post Comment

More विचार - विश्लेषन - फिचर

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Kahyal Thatta

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award