अन्तर्वार्ता

१२ बर्षको संगितको यात्रा सागरहो ः टिका प्रसाई १२ बर्षको संगितको यात्रा सागरहो ः टिका प्रसाई
कालिका, असोज २० ।
करिब वाह्र वर्ष अघि देखि संगीत क्षेत्रमा प्रवेश गरेकी गायिका हुन्  टिका प्रसाई ।  अहिले उनी राम्रो गायीकाको रुपमा स्थापित भई सकेकी छन । उनको आवाजले भरिएको आधुनिक एल्वम ‘मेलोडी’ बजारमा आए सँगै उनि चर्चाको शिखरमा पुगेको बताउछिन ।  टिकाले यो एल्वम बाहेक पनि स्वदेशगान, आधुनिक, लोक लगायत विभिन्न चलचित्रमा गरी दर्जनौ गीतहरुमा आवाज रेकर्ड गराई सकेकी छन ।
झापा तोपगाछीमा जन्मिएकी प्रसाई कर्मथलो राजधानी काठमाण्डौमा मेहनत र प्रयासका साथ निरन्तर गीत संगीतमा अगाडी बढीरहेकी छन । प्रस्तुत छ  उनै गायीका टिका प्रसाई संग गरिएको  कुराकानी ।
संगीत के हो ??
भावनालाई प्रस्फुटन गर्ने माध्यमको सागर हो संगीत  ।
यो फिल्डमा हुनु हुन्न्न थियो भने तपाईं लाई हामीले कुन फिल्डमा देख्न पाउथेउ ??
म यो क्षेत्रमा नभएको भए नर्सिंङ पेशामा हुन्थे मलाइ मेरो ममी,बाबा र काकाले मलाइ नर्सिङ पेशामा देख्न चाहनु हुन्थ्यो, मैले उहाँहरुको आग्रहलाइ मानेको पनि हो इन्डियामा पढ्नको लागि लिएर जानु पनि भयो २० दिन बसे रुदै , रुदा धेरै न्यास्रो लाग्यो, घरमा नसोधी सामान बोकेर २० दिन पछी घर फर्के हेहेहे ‘
अचेल के गर्दै हुनुहुन्छ ?
मेरो  मेलोडी एल्बमको काम सकेर अब बिमोचन गर्ने तयारीमा छु साथै फिल्मको गीत र अरु एल्बमको गीतहरुको रेकर्डको काम हुदैछ यतै व्यस्त छु   ।
अहिलेको  नेपाली संगीतिक क्षेत्रको अबस्था कस्तो छ ?
सांगीतिक हिसाबले हेर्दा संगीत गुणस्तरीय बन्दै गएको छ , समय सापेक्ष बन्दै गएको छ, नेपाली सांगीतिक क्षेत्रमा पनि धेरै मिहेनेती सर्जकहरुको माहोल बढेको छ तर त्यसलाई व्यापारिक हिसाबले हेर्दा नजिक भएको अबस्था छ जस्तो लाग्छ  ।
नेपाली संगीतक क्षेत्रमा लागेर त जिबिकोपार्जन त गर्न सकिदैन होला ? गीत संगीतको अलबा के गर्नु हुन्छ ?
नेपाली सांगीतिक क्षेत्रमा लागेर जीविकोपार्जन गर्न नसकिने हैन सकिन्छ जस्तो लाग्छ मलाइ, यहाँ धेरै कलाकारहरु यो क्षेत्रमै आफ्नो जिन्दगी बिताउनु भएको छ  । फरक यहि हो कसैको साधारण जिन्दगी होला, कसैको अलि माथिल्लो स्थरको होला, मिहेनेत धैर्यता हामी कलाकार जति गर्छौ त्यतिनै हामीले सांगीतिक क्षेत्रको भोलिको भविष्य बारे सोचेको भए हामी पछाडि पर्ने थिएनौ होला । समय अनुसार प्राबिधिक कुराले असर परेको छ, सरकारी निकायले वास्ता गरेको छैन  । लगानी र मेहेनत धेरै छ , यो क्षेत्र भनेको भावना अनि सोचको क्षेत्र हो यसलाई नाप्ने कुनै त्यस्तो यन्त्र छैन, जुन प्रत्येक स्रोता र दर्शकको सोचमा भर पर्छ  । कसैलाई त्यहि कुरा मन पर्छ कसैलाई त्यहि राम्रो नलाग्न सक्छ  ।  मैले यो सांगीतिक क्षेत्र बाहेक अरु कुनैमा लाग्ने सोच छैन मेरो  । पुरै समय संगीतिक क्षेत्रमा बिताउछु  । म सफल हुनु भन्दा पनि राम्रो सृजना दर्शक स्रोता माझ पस्कन सकुम यसमा म सन्तुष्ट हुन्छु  ।
तपाईंलाई चै कस्तो खालको गीत गाउन मन पर्छ ?
आफ्नो मुड अनुसार गीत मन पर्छ , मलाइ खुसि छु भने रोमान्टिक, पार्टीमा छु भने डान्सिङ्, दुखिमा छु भने स्याड, समय अनुसार सबै गीतलाइ सम्मान गर्छु. गीत त आखिर भावना त हो  । हा हा हा  ‘.
अहिले सम्म तपाइको आवाजमा कति ओटा गीत बजारमा आइसक्यो ?
भजन,स्वदेश गान फिल्मको गीत र अरु एल्बमको गीत गरि गरि करिब २ दर्जन जति बजारमा आइसक्यो कुनै आउन बाकि नै छन्  ।
तपाईंको जिन्दगीको पहिलो रेकर्ड गरिएको गीत कुन हो ? त्यो गीत रेकर्ड गर्दा कस्तो अनुभब गर्नु भएको थियो ?
“तिम्रो दिलको कुनाकानिमा ठाउ छ कि छैन” बोलको गीत हो, खुसि लागेको थियो नयाँ अनुभबको महशुस भएको थियो  ।
तपाइले गाउने भएको गीत मध्ये तपाईलाई मन पर्ने गीत कुन हो ? जुन गीतले टिकालाई चिनाएको महसुस गर्नु हुन्छ ?
मैले गएको गीत हा हा हा सबैको माया लाग्छ मन पर्छ आफ्नो सृजना  । अब त्यस मध्ये पनि “नतोडन” बोलको गीत मन पर्छ मेरो मेलोडी एल्बमको हो  । मलाइ अहिले चै टिका प्रसाई भनेर चिनाउने गीत चै हो “सेल्फिको जमाना” बोलको गीत हो  । अहिले त्यहि गीतले मलाइ चिनाएको छ  ।
नयाँ एल्बम निकाल्नु अहिले चुनौती नै छ , एल्बम बजारमा बिक्दैन खर्च कसरि म्यानेज गरि राख्नु भएको छ ?
नयाँ एल्बम निकाल्न गाह्रो छ तर एल्बम ननिकाले पनि आफु यहि क्षेत्रमा भएकोले काम नगरी रह्यो भने झन् गाह्रो झन् टेन्सन हेहेहे ‘.
संगीतिक क्षेत्रमा प्रबेश गर्नु भएको कती भयो ? तपाईं आफुलाई यो क्षेत्रमा लागेर के पाए र के गुमाए जस्तो लाग्छ ??
संगीत क्षेत्रमा प्रवेश गरेको १२ बर्ष भएछ मैले केहि गुमाए जस्तो लाग्दैन,पाउनलाई चै धेरै थोरै आफ्नो दिमागले भ्याए सम्म मेरो आदरणिय गुरुहरुबाट ज्ञान पाए, मैले आफ्नो सृजनाहरु पस्किने मौका पाए, स्रोता दर्शकको माया र हौसला भएकी छु  ।
अहिलेको सांगीतिक बजार धेरै प्रतिस्पर्धात्मक छ, तपाइले आफुलाई कसरि प्रस्तुत गरिरहनु भएको छ ?
संगीत क्षेत्रमा प्रतिस्पर्धा त धेरै छ तर म आफुलाई प्रतिस्पर्धामा या व्यापारिक हिसाब भन्दा पनि मेरो स्रोताहरुलाई सांगीतिक सिर्जनामा गुणस्तरीयता दिन सकु, जसको कारण दर्शक स्रोताको मन छुन सकु, म संगीत क्षेत्रमा यसरी नै प्रस्तुत हुन सकु जस्तो लाग्छ  । मेरो कोशिस यहि हुनेछ  ।
 

Post Comment

More अन्तर्वार्ता

Onair Now Onair Now

OFFLINE

 

Up Next

Swadesh Gaan

Starts at: 05:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award